२९ चैत्र २०८२, आइतबार | April 12, 2026

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बहस सकियो, १० गतेसम्म बहस नोट बुझाउन इजलासको आग्रह



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बहस सकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर जारी बहस एमिकस क्यूरीको राय लिएसँगै सकिएको हो ।

शुक्रबार एमिकस क्यूरीको तर्फबाट अधिवक्ता गीता पाठकले अन्तिम राय दिएपछि मुद्दाको बहस सकिएको हो ।

बहस सकिएसँगै इजलासले सोमबारभित्र बहस नोट उपलब्ध गराउन आग्रह गरेको छ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन रिट निवेदकको पक्ष, विपक्ष र एमिकस क्यूरीका कानुन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

बहसमा १३ वटा रिट निवेदकको पक्षमा ७२ कानुन व्यवसायीले बहस गरेका थिए। विपक्षमा महान्यायाधिवक्ता र सरकारी वकिल र निजी कानुन व्यवसायीसहित ४८ जनाले बहस गरेका थिए। यसैगरी अदालतका सहयोगी पाँच जना एमिकस क्यूरीले समेत आफ्नो राय दिएका छन् ।

बहस नोट प्राप्त गरेसँगै इजलासले ती नोटहरुको अध्ययत गर्नेछ । तर त्यसका लागि अझै केही दिन लाग्नसक्ने देखिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा यो मुद्दा विचाराधीन छ । इजलासमा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन्।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  २ : २८ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्