६ श्रावण २०८३, बुधबार | July 22, 2026

एन आई सी एशियाको अनलाईन भुक्तानीे प्रणालीलाई गेटवे पेमेन्ट सर्भिसले व्यवसायीहरूमाझ पुर्याउने



काठमाडौ । एन आई सी एशियाको अनलाईन भुक्तानीे प्रणालीलाई गेटवे पेमेन्ट सर्भिसले व्यवसायीहरूमाझ पुर्याउने भएको छ ।

गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशियाले बैंकले नेपालमा पहिलोपटक भित्र्याएको कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रा. लि. नामक फिनटेक कम्पनीले आम व्यवसायीहरूमाझ पुर्याउने भएको हो ।

उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालक (PSO) को सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेपश्चात् यस बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी Cybersource Inc. को गेटवे प्रणालीलाई नेपालमा सरल डिजिटल भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने विश्वास यस बैंकले लिएको छ ।

यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गर्न सक्नेछन् । अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको साइबरसोर्स गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ ।

यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एन आई सी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ ।

यस सहकार्यबाट उक्त फिनटेक कम्पनीले नेपालमा ख्क्ष्क्ब्, VISA, Mastercard, UnionPay लागयतका कार्डहरूबाट भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गर्न समेत सघाउ पुग्नेछ भने नेपालका ठूला तथा मझौला व्यापारीहरूको उत्पादित बस्तु तथा सेवाहरूको सर्वसुलभ रुपमा अन्तर्राट्रिय बजारमा बिक्री वितरणमा सहयोग पुगी व्यवसायीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधा भित्र्याउन लागिरहेको यस बैंक र उक्त फिनटेक कम्पनी बीचको सहकार्यबाट आगामी दिनहरूमा देशका अन्य फिनटेक कम्पनीहरूसँग सहकार्य गर्दै आम नागरिकहरूसमक्ष डिजिटल बैंकिङ्गको पहुँच पु¥याउन सहयोग पुग्नेछ ।

साथै यस बैंकले विभिन्न वालेट तथा PSO जस्ता फिनटेक कम्पनीहरूलाई कारोबार फच्र्यौट सुविधा ( Settlement Service) दिइरहेको अवस्थामा बैंकको डिजिटल बैंकिङ्ग प्रणालीको विकास गर्नका लागि विभिन्न फिनटेक कम्पनीहरूलाई सशक्तिकरणको अभियान चलाइरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायम रहेकै बेला भीडभाड क्षेत्रमा जानु उपयुक्त नदेखिएकाले महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै बैंकले भीडभाडलाई सकेसम्म न्युनीकरण गर्नका लागि पछिल्लो समयमा फिनटेक कम्पनीहरूमार्फत सहकार्य गर्दै बैंकिङ्ग सेवा तथा सुविधालाई प्राथमिकताका साथ डिजिटलाइज गरिरहेको छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ५ : ५७ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९