२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देही सुपरलिग : वेष्टर्न १० विकेटले विजयी



भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘बी’को खेलमा वेष्टर्न क्रिकेट क्लबले बुटवल युथलाई १० विकेटले पराजित गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको बुटवल युथले निर्धारित ५० ओभरको खेलमा २६.१ ओभर खेल्दै सबै विकेट गुमाएर ५४ रनमै समेटियो । उसका लागि लक्ष्मण परियारले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा वेष्टर्नका अनिल खरेलले ३, कृष्ण कार्की, सन्देश थापा र विक्रम भुसालले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको वेष्टर्नले कुनै क्षति विना ६ ओभरमा ५८ रन बनाउँदै जित निकाल्यो । उसको जितमा देव खनालले ३४ र भुवन पाण्डेले १७ रन बनाए । अनिल खरेल म्यान अफ द म्याच भई पुरस्कृत भए । शनिबार साई ग्लोबल क्रिकेट क्लब र लुम्बिनी शाक्यानबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ८ : ५२ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय