४ पुस २०८२, शुक्रबार | December 19, 2025

जंगलमा लागेको आगोले जलेर एक महिला घाईते



बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका ३ पिप्से गाउँ नजिकै को जंगलमा एक साता देखि लागेको आगोमा परी एक महिला घाइते भएकी छन ।

घाइते हुनेमा सोही गाउँकी अन्दाजी ४०,४२ बर्षिया फुगि खडका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन्।

शुक्रबार दिउसो गाई बस्तुका लागि घाँस काट्न गएकी खड्का आगोमा परेको थाहा पाए पछि स्थानियले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पु¥याएका थिए । आगोले पुरै शरीर जलेकी खड्काको अवस्था गम्भीर रहेको उनका आफन्तले जनाएका छन्। थप उपचारका लागि स्थानिय तहका प्रतिनिधलाई खबर गरीरहेका छौं तर फोन अहिले सम्म लागेको छैन उपचारमा सङ्गै रहेका उनको आफन्तले बताए।

जिल्ला वन कार्यलयको नजिकै बनमा एक साता देखि आगलागि रहदा पनि जिल्ला वन कार्यलयले आगो नियन्त्रण गर्ने प्रयास थालेको छैन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको