५ पुस २०८२, शनिबार | December 21, 2025

ललितपुर महानगरद्धारा गौतमबुद्ध रङ्गशालालाई २० लाख सहयोग



ललितपुर । ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्‍गशालालाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार धुर्मुस-सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेसनले लिएर गरेकामा धुर्मुस-सुन्तलीको प्रशंसा गर्दै सो रङ्‍गशालाले नेपाललाई अन्तर्राष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वास व्यक्त गरे ।

फाउण्डेसनका अध्यक्ष कट्टेलले रङ्‍गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्‍न भइसकेको बताए। उनले भने, “आउँदो १४ महिनामा रङ्‍गशाला निर्माणको काम पूर्ण रुपमा सम्पन्‍न गर्ने विश्वास लिएका छाैं । यदि मुलुकको अवस्था सामान्य हुँदै गएमा तोकिएकै समयमै काम सम्पन्‍न हुनेछ ।” उक्त रङ्‍गशालामा २२ विधाका खेल खेल्न सकिन्छ ।

रङ्‍गशालामा ७७ जिल्लाका नाममा फरक-फरक कक्ष निर्माण हुनेछ जसमा ललितपुर नामक कक्ष पनि निर्माण गरिने छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरपालिकाले रङ्‍गशालालाई रकम सहयोग गरी गर्न बाँकी रहेका काममा सानो मद्दत पुर्‍याएको बताए । रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : १८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ