३ आश्विन २०८३, शनिबार | September 19, 2026

बुटवलमा १ लाख राशीको हाफ म्याराथन हुँदै



बुटवल । रुपन्देहीमा फागुन २२ गते २१ किलोमिटर दुरीको खुल्ला हाफ म्याराथन हुने भएको छ । रोटरी ईन्टरनेशनल डे को अवसर पारेर रोटरी क्लब अफ भैरहवाको आयोजना, मारुति फुडपार्क (काठमाण्डौ गेट प्रिमियर बासमती राईस) को मुख्य प्रायोजक र नेपाल अम्बुजा सिमेन्टको सहप्रायोजकमा ईन्टरनेशनल हाफ म्याराथन गर्ने भएको हो ।

शनिबार पत्रकार सम्मेलन गरि म्याराथनको तयारी अन्तिम चरणमा रहेको रोटरी क्लब अफ भैरहवाका अध्यक्ष शिवहरि शर्माले बताए । विभागिय खेलाडीहरुसहित ३ सय बढी सहभागिता हुने उनले दाबी गरे । लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोकाबाट शुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अंचलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै सानू डिपार्टमेन्टल स्टोर चोकमा समापन गरिने उनले बताए ।

हाफ म्याराथनका विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार तथा सान्त्वना पुरस्कार दुईजनालाई नगद ५ हजार १ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगितालाई रोटरी क्लब अफ बुटवल, रुपन्देही, सेन्ट्रल लुम्बिनी, बुटवल डाउनटाउन, बुटवल साउथ, सेन्ट्रल बुटवल, लुम्बिनी सिद्धार्थ, सेन्ट्रल रुपन्देही, पाल्पा लुम्बिनी लगायतका रोट्रयाक्ट क्लबहरुको सहकार्य रहेको उनले बताए ।

यसअघि विश्व पोलियो दिवसको अवसरमा ईन्डो पोलियो नारासहित १२ किलोमिटरको दौड २ वर्षअघि गरिएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले बताए । क्लबले स्वस्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

लुम्बिनी क्षेत्र खेलकुदमा अगाडि रहेको भन्दै उनले यहाका संचार क्षेत्रको सहयोग क्रितिमानी धावक बैकुण्ठ मानन्धरले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ११ : ३९ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री