१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बुटवलमा १ लाख राशीको हाफ म्याराथन हुँदै



बुटवल । रुपन्देहीमा फागुन २२ गते २१ किलोमिटर दुरीको खुल्ला हाफ म्याराथन हुने भएको छ । रोटरी ईन्टरनेशनल डे को अवसर पारेर रोटरी क्लब अफ भैरहवाको आयोजना, मारुति फुडपार्क (काठमाण्डौ गेट प्रिमियर बासमती राईस) को मुख्य प्रायोजक र नेपाल अम्बुजा सिमेन्टको सहप्रायोजकमा ईन्टरनेशनल हाफ म्याराथन गर्ने भएको हो ।

शनिबार पत्रकार सम्मेलन गरि म्याराथनको तयारी अन्तिम चरणमा रहेको रोटरी क्लब अफ भैरहवाका अध्यक्ष शिवहरि शर्माले बताए । विभागिय खेलाडीहरुसहित ३ सय बढी सहभागिता हुने उनले दाबी गरे । लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोकाबाट शुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अंचलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै सानू डिपार्टमेन्टल स्टोर चोकमा समापन गरिने उनले बताए ।

हाफ म्याराथनका विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार तथा सान्त्वना पुरस्कार दुईजनालाई नगद ५ हजार १ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगितालाई रोटरी क्लब अफ बुटवल, रुपन्देही, सेन्ट्रल लुम्बिनी, बुटवल डाउनटाउन, बुटवल साउथ, सेन्ट्रल बुटवल, लुम्बिनी सिद्धार्थ, सेन्ट्रल रुपन्देही, पाल्पा लुम्बिनी लगायतका रोट्रयाक्ट क्लबहरुको सहकार्य रहेको उनले बताए ।

यसअघि विश्व पोलियो दिवसको अवसरमा ईन्डो पोलियो नारासहित १२ किलोमिटरको दौड २ वर्षअघि गरिएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले बताए । क्लबले स्वस्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

लुम्बिनी क्षेत्र खेलकुदमा अगाडि रहेको भन्दै उनले यहाका संचार क्षेत्रको सहयोग क्रितिमानी धावक बैकुण्ठ मानन्धरले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ११ : ३९ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल