७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

शेरबहादुर तामाङ र उषाकला राई पुनः ओली पक्षमा



काठमाडौं । पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङ र उनकी पत्नी एवं प्रदेश १ की सांसद उषाकला राई पुनः केपी ओली पक्षमा फर्किएका छन् ।

नेकपा विभाजन लगत्तै ओली पक्षद्वारा आयोजित संसदीय दलको बैठकमा सहभागी भएका तामाङ फेरि प्रचण्ड नेपाल पक्षमा फर्किएका थिए ।

तर, आफुहरुको सही व्यवस्थापन गर्न नसकेको भन्दै तामाङ दम्पती पुनः ओल पक्षमा फर्किएका हुन् । विराटनगरमा आज आयोजित ओली पक्षको सभामा उषाकलाले पार्टी प्रवेशको घोषणा गर्ने जनाइएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद तामाङले ओलीले आफ्नो मन्त्रिपरिषदमा कानुन मन्त्री बनाएका थिए । तर बंगलादेशमा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीहरुबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै ओलीले उनलाई ६ महिना नपुग्दै मन्त्रीबाट बर्खास्त गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ११ : ५५ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा