१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

डा. गोविन्द केसीको आरोप – प्रधानमन्त्री ओली शक्तिले उन्मादी बने  



काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता एवं नागरिक अगुवा डा. गोविन्द केसीले केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै नागरिक स्वतन्त्रतामा प्रहार गरेको आरोप लगाएका छन् ।

शनिबार माइतीघर मण्डलामा आयोजित अहिंसात्मक नागरिक प्रदर्शलाई सम्बोधन गर्दै डा. केसीमा प्रधानमन्त्री शक्तिले उन्मादी बनेका कारण नागरिक स्वतन्त्रतामा प्रहार बढेको बताएका हुन् ।

केसीले आरोप लगाए, ‘ओली त शक्तिले उन्माद भएका छन् । कुर्सी हल्लिन थालिसकेपछि आफूलाई उनले संविधानभन्दा माथि आफूलाई ठानेका छन् ।’

केसीले थप भने, ‘ओलीजी प्रधानमन्त्री भएको सुरुदेखि वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विरोध गर्ने अधिकार खोसेका हुन् । उनीबाट प्रजातन्त्रको मूल मर्म वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने काम भएको छ ।’

ओलीलाई जनताप्रति जवाफदेही र उत्तरदायी बन भनेर कसैले भने त्यो विरुद्ध साइबर सेना लगाएर आक्रमण हुने गरेको डा. केसीले बताए । सत्यतथ्य बोलेकै आधारमा अरिंगाल र साइबर सेनाको दबाबममा ओली नेतृत्वको सरकाले गिरफ्तार गर्ने गरेको उनले आरोप लगाए ।

डा. केसीले आफ्ना माग पुरा नभए फागुन १२ गतेदेखि सत्याग्रह सुरु गर्ने बताए ।  ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेर संविधान नै विघटनको प्रयास गरेको भन्दै केसीले संविधानको रक्षार्थ सबै नागरिक उठ्नुपर्ने धारणा राखे ।

उनले ओली कामचलाउ भैसकेको भन्दै कामचलाउ प्रधानमन्त्रीले संवैधानिक निकायमा कसरी पदाधिकारी नियुक्त गर्न सक्छन् भन्दै प्रश्न गरे । असंवैधानिक नियुक्तिहरु रद्द नगरे आफ्नो सत्याग्रह अघि बढ्ने उनले बताए ।

 

 

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  २ : ५२ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क