७ आश्विन २०८३, बुधबार | September 23, 2026

बैद्य, डाक्टरले बचाउन नसकेको प्रचण्डलाई झाँक्रीले बचाउन सक्दैन : प्रधानमन्त्री ओली



बिराटनगर । प्रचण्डलाई बप्रधानमन्त्री केपी ओलीले बैद्य र डाक्टरले बचाउन नसकेको प्रचण्डलाई झाँक्रीले बचाउन नसक्ने बताएका छन् । नेकपा ओली पक्षले आज बिराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमा अहंकार बढेकाले प्रचण्डको बाटोबाट लक्ष्यमा पुग्न नसकिने बताए ।

प्रधानमन्त्री ओलीले प्रचण्डले सुरुमा बैद्यलाई बोकेको र बैद्यले उनलाई छाडेको त्यसपछि डाक्टरलाई बोकेकोे र पछि डाक्टरले पनि छाडेपछि अहिले झँक्रीलाई बोकेर हिँडेको आरोप लगाए । ओलीको संकेत क्रमशः मोहन बैद्य, डा.बाबुराम भट्टराई र रामकुमारी झाँक्री तीर केन््िरत थियो ।

ओलीले प्रचण्ड तर्फ कटाक्ष गर्दै २।४ सिटमा सिमीत हुने च्रचण्डलाई आफैले सिङ्गजुरो होलिदिएको दाबी गर्दै आफुले हालिदिएको सिङ्गजुरोका कारण प्रचण्डमा अहंकार पलाएको आरोप लगाए । ‘प्रचण्ड सच्चिने र फर्कने अवस्थामा हुनुहुन्न, भिरबाट खस्ने गोरुलाई रामराम भन्न सकिन्छ काँढ थाप्न सकिन्न ।’ ओलीले भने । प्रचण्ड फर्कन चाहे अझै स्थान राखिदिएको ओलीको भनाई थियो ।

 

प्रतिनिधिसभा पुनर्स्थापना भए आन्दोलन

प्रधानमन्त्री केपी ओलीले ‘सेटिङ-फेरिङ’ गरेर प्रतिनिधिसभा पुनर्स्थापना गरिए आन्दोलन गर्ने चेतावनी दिए ।

ओलीले संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी समेत गरे। चेतावनीयुक्त भाषाले उनले भने, ‘कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन ।’

प्रधानमन्त्री ओलीले देशभरका आफ्नो पक्षका आमसभा हेर्न सर्वोच्च अदालतलाई आग्रह गरे । ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संविधानको मर्म र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’

अन्यथा भयो भने आन्दोलनको विकल्प नभएको जिकिर गर्दै उनले आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले उपराष्ट्रपति र सभामुखको कडा आलोचना गरे । उपराष्ट्रपतिले सरकारको आलोचना गरेको भन्दै ओलीले बोल्न नमिल्ने पदमा बसेर बोल्ने हो भने चुनाव लड्न सुझाव दिए । सभामुख सापकोटालाई कीर्ते गरेको र सरकार विरुद्ध मुद्दा हालेको भन्दै आलोचना गरे ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ४ : ५२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई