२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

५ हजार मिटर उचाईको कठिन हिमाली पठारमा सीमा रक्षार्थ बसेका चिनियाँ सेना (फोटो कथा)



गतवर्ष पूर्वी लद्दाख–अक्साई चीनस्थित गलवान क्षेत्रको वास्तविक नियन्त्रण रेखा (Line of Actual Control एलएसी)मा भारतीय सेनासँग भएको भीडन्तमा मारिएका आफ्ना सेनाबारे चीनले सार्वजनिक रुपमा जानकारी गराएको छ ।

गतवर्षको जुन १५ गते राति भएको हिंसात्मक भिडन्तमा भारतका २० सेना मारिएका थिए । भारतले आफ्नोतर्फको जानकारी तत्कालै गराएको थियो । चीनले भने घटना भएको ८ महिना पछि आफ्ना चार सेना मारिएको र बटालियन कमाण्डर गम्भीर घाइते भएको जनाउँदै उनीहरुलाई सेन्ट्रल मिलिटरी कमिसनले उच्च राष्ट्रिय सम्मान गरेको जनाएको छ ।

सन् १९६२ पछि भारत र चीनका सेनाबीच झण्डै ३५ सय किलोमिटर लामो सीमा क्षेत्रका कतिपय स्थानमा धकेलाधकेल भएपनि ज्यानै जानेगरी भएको त्यो घटना ४५ वर्षपछि पहिलो पटक भएको थियो । त्यसपछि दुवै मुलुकले सीमा क्षेत्रमा हजारौं सैनिक र सैन्यवन्दोवस्तीका सामानहरु थुपार्ने काम गरे । एकअर्का सेना पूर्ण युद्धको तयारीको अवस्थामा बसे ।

४ हजार मिटर भन्दा उचाईका उच्च हिमाली क्षेत्रमा भारत र चीनका सेना कसरी बसे होलान ? गर्मी सिजनमा सुरु भएको तनाब साम्य नहुँदा माइनस ५०/६० डिग्री सेन्टिग्रेडसम्म पुग्ने चिसोमा टेन्टको सहारामा ती सेना कसरी बसेहोलान् ? यो कौतुहलताको विषय बन्नसक्छ ।

लद्दाख क्षेत्रतिर ओहोरदोहोर गरिरहेका भारतीय सेना र सैनिक गाडीको तस्बिर र भिडियोहरु भारतीय संचारमाध्यममा देखिइरहन्छन् । तर, चीनले हालै मात्र कठीन भौगोलिक क्षेत्रमा आफ्ना सेनाको हिउँदे सिजनको बसाई बारेका तस्बिरहरु सार्वजनिक गरेको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले प्रकाशित गरेका ती तस्बिरहरु हेर्दा त्यहाँको कठिन अवस्था बुझ्न सकिन्छ । जबकी चिनियाँ जनमुक्ति सेनाको लजिष्टिक क्षमता भारतीय सेनाको भन्दा बढी छ ।

ग्लोबल टाइम्सले सिन्ह्वाका यी फोटो प्रकाशित गर्दै भनेको छ चाहे हावा होस या हिउँ, यी चिनियाँ सैनिक ४ हजारदेखि ५ हजार उचाईको पठारमा कठोर परिवेशसँग जुझ्दै आफ्नो मातृभूमि र सिमानाको रक्षा गरिरहेका छन् । यी मध्ये कतिपय सैनिक त केवल १७, १८ वर्षको उमेरका मात्रै रहेका छन् ।

सबै तस्बिर ग्लोबल टाइम्सबाट

 

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १० : १४ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि