८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रचण्ड नेपाल पक्षले राखेको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रस्ताव पेश गर्न समय दिएपछि प्रचण्ड नेपाल पक्षका सांसद इन्द्रबहादुर आङ्वोले प्रस्ताव प्रदेश सभा बैठकमा विधिवत रुपमा पेश गरेका छन् । प्रचण्ड नेपाल पक्षीय नेकपाका सांसदहरुले गत पुष १२ गते मुख्यमन्त्री विरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्तावक आङ्वोले प्रस्ताव पेश गर्दै प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई मुख्यमन्त्री राईले समर्थन गरेका कारण आफुहरुले उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको दाबी गरे । राईले अविश्वासको प्रस्ताव फेस गर्नबाट प्रदेश सरकार भागेको पनि आरोप लगाए ।

प्रस्ताव पेश भए लगत्तै सभामुख भण्डारीले फागुन २० गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

मुख्यमन्त्री राई पक्षधरहरुले भने सत्तारुढा पार्टी वैधानिक रुपमा विभाजन नभएका कारण संसदीय दलका नेता मुख्यमन्त्री राईले प्रचण्ड नेपाल निकट १६ जना सांसदहरुलाई गरेको कारवाही सदर गर्नुपर्ने माग गर्दैआएका थिए ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ४ : २७ बजे

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर