१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लुम्बिनी प्रदेशका सहकारी र जनप्रतिनिधिहरुबीचकाे प्रादेशिक गोष्ठी बुटवलमा सुरु, समृद्ध प्रदेशको खाका कोरीने



बुटवल । सहकारी मार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय पालिकाको भूमिका बिषयक दुईदिने प्रादेशिक गोष्ठी बुटवलमा सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा बुटवलमा सुरु भएको गोष्ठीको आज एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उदघाटन गरिन् ।

उदघाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले जनप्रतिनिधि र सहकारीको भावना एक बनाएर लैजान सकेमात्र संविधानले निर्दिष्ट गरेको समाजबादी लक्ष्य हासील गर्न सकिने बताईन् । उनले सरकार एक्लै समाजबाद ल्याउन नसक्ने उल्लेख गर्दै समाजबादी अर्थव्यवस्था स्थापना गर्न सबै मिलेर काम गर्नु पर्ने बताईन् । मुलुकको आर्थिक विकासको तीन खम्बा मध्य एक खम्बा बनेको सहकारीको संस्थागत विकासले राज्यको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त हुने बताईन् ।

काइक्रममा बोल्दै पूर्वमन्त्री एवं सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारी क्षेत्रमा धेरै नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै राज्यले सहकारीलाई व्यवहारीक, व्यवस्थित र प्राथमिकतामा राखेर परिचालन गर्नुपर्ने बताए ।

महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी सरकारको प्रतिस्पर्धी संस्था नभएर सरकारको सहयोगी संस्था भएको स्पष्ट पारे । सरकार, जनप्रतिनिधि र स्थानीय तहको सहकार्यबाट मात्र समृद्धि हासिल गर्न सकिने उनको भनाई छ ।

दुईदिन सम्म चल्ने गोष्ठीमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव अनन्त कुमार बस्नेतले ‘सहकारी मार्फत उद्देमशिलता प्रवद्र्धनमा नीतिगत व्यवस्था, स्थानीय तथा प्रदेश सरकारको भूमिका’ बिषयक कार्यपत्र प्रस्तुत गरेका छन् भने राष्ट्रिय सहकारी महासंघ लिमिटेडकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङले ‘दिगो स्थानीय आर्थिक विकासमा प्रदेश तथा स्थानीय तह र सहकारीबीचको समन्वय र सहकार्य’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

आजै पूर्वमन्त्री तथा महासंघका निवर्तमान अध्यक्ष केशव बडालले ‘दिगो विकास लक्ष्यको स्थानीयकरणमा स्थानीय तह र सहकारी’ बिषयक कार्यपत्र प्रस्तुत गरेका छन् ।

सोमबारको सत्रमा सहकारी विज्ञ खगराज शर्माले ‘लुम्बिनी प्रदेशको समृद्धि र सहकारी अभियान’ विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

लुम्बिनी प्रदेशका १०९ पालिकाबाट जनप्रतिनिधि तथा प्रमुख प्रशासकिय प्रमुखहरुको प्रतिनिधित्व रहेको सभाले सहकारी ऐन र नियमावलीमा समय सान्दर्भीक सुधारका आवश्यकताका विषयमा पनि छलफल हुने राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक एवं जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ०४ बजे

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा प्रमाणपत्र वितरण

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण