१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

रुपन्देही सुपरलिग : वेष्टर्न डिभिजन ‘ए’मा



भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘बी’को अन्तिम खेलमा वेष्टर्न क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई ४९ रनले पराजित गर्दै डिभिजन ‘ए’मा प्रवेश गरेको छ । यसअघि बुटवल राइनोज, तिलोत्तमा क्रिकेट क्लब र सैनामैना क्रिकेट क्लब ‘ए’ डिभिजनमा प्रवेश गरिसकेका छन् ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ९ विकेटको क्षतिमा १६१ रनको योगफल बनायो । उसका लागि अनिल खरेलले नटआउट २७, देव खनालले २४ र राहुल विकले २३ रन बनाए । बलिङमा गोलपार्कका हेमन्त ओलीले ३ र रिक्की पुनले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गोलपार्कले ३९.२ ओभरमा सबै विकेट गुमाइ ११२ रन मात्रै बनाउन सक्यो । उसका लागि रिक्की पुनले ३२ र राजेश थापाले १३ रन बनाए । बलिङमा वेष्टर्नका कृष्ण कार्कीले ९ ओभरमा ५ मेर्डन राख्दै ९ रन खर्चेर ४ विकेट लिए । उनी म्यान अफ द म्याच भए । यस्तै, अनिल खरेलले ३ विकेट लिए । डिभिजन ‘बी’का खेल सकिएसँगै अब मंगलबारबाट डिभिजन ‘ए’का खेलहरु हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ९ : २३ बजे

एमाले प्रवेश गरेका सयौं युवालाई बुटवलमा विष्णु पौडेलले गरे स्वागत

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौं । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको

युएई आक्रमणमा नेपाली युवाको मृत्युमा गगन थापाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स

इरानी आक्रमणबाट मृत्यु भएका नेपाली गोरखाका दिवस श्रेष्ठ

यूएई । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपाली युवकको पहिचान

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको