१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आफन्तकै छैन भर : अधिकांश बलात्कार परिवार र चिनजान कै बाट



काठमाडौं । २०७४-७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये १ हजार २ सय ९० वटा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ । ३ सय ८४ वटा चिनजानबाहिरका व्यक्ति संलग्न देखिए ।

२०७५-७६ मा २ हजार ५ सय ७० वटा घटना भए । तीमध्ये २ हजार ७३ वटा चिनेजानेकै र ५ सय ३२ वटा चिनजानबाहिरका व्यक्तिको संलग्नता भेटियो ।

२०७६-७७ मा २ हजार ४ सय ४९ वटा बलात्कारका घटना भए । प्रहरी केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार १ हजार ९ सय ५२ वटा चिनेजानेकै व्यक्ति संलग्न भएको पाइयो ।

२०७७-७८ मा १ हजार ४ सय २७ वटा घटना प्र्हरीमा दर्ता भएका छन् । यी घटना पनि चिनेजानेकै व्यक्ति बढी संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी प्रवक्ता कुँवरका अनुसार तथ्यांक हेर्दा १ हजार १ सय ४३ घटनामा चिनेजाने कै र २ सय ८४ वटामा चिनजान नभएका व्यक्ति संलग्न देखिएका छन् ।

हाडनाताभित्र पर्ने हजुरबुबा, बुबा/झड्केलो बुबा, ससुरा, काका, मामा, ठूलोबुवा, ठूलोबुवाका छोरा, मामाका छोरा, देवर, जेठाजु, श्रीमान्, भदासम्म बलात्कारमा संलग्न रहेको देखिन्छ । त्यसैगरी घरमालिक, केटासाथी, छिमेकी, भिनाजु, शिक्षक पनि संलग्न देखिन्छन् ।

त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङ नैतिक शिक्षा अभावका कारण हाडनाता करणीका घटना बढ्दै गएको बताउँछन् । ‘पहिला मानिसमा नैतिक चेतना हुनुपर्‍यो। यो काम ठीक र यो काम बेठीक भनेर छुट्याउन नसक्ने कोही पनि सामाजिक प्राणी हुनै सक्दैन’, विभाग प्रमुख चेम्जोङ भन्छन्, ‘मानिसहरू विलासितामा रमाउँदै गर्दा उसमा नैतिक चेतनाको ह्रास पैदा हुन थाल्यो। जसले राम्रा र नराम्रा काम छुट्याउनै सकेन ।’

नैतिक शिक्षा पाठ्यक्रमबाट हटेपछि व्यक्तिले नैतिक ज्ञान, समाज के हो ? समाजमा कसरी बस्नुपर्छ ? जस्ता ज्ञानवद्र्धक कुरा विद्यालयस्तरबाटै सिक्ने मौका गुमाएको चेम्जोङ बताउँछन् ।

प्रहरी केन्द्रीय प्रवक्ता कुँवर प्रहरी-समुदाय साझेदारी कार्यक्रममार्फत चेतना अभिवृद्धि गराउँदा पनि समाज अझै रुपान्तरण हुन नसकेको बताउँछन् । ‘हामीले बलात्कार मात्रै होइन, महिला, बालबालिकाविरुद्ध आपराधिक घटना हुन नदिन धेरै पटक गाउँ-गाउँमा पनि सम्झाउने बुझाउने गरिसक्यौं’, प्रवक्ता कुँवर भन्छन्, ‘तर, घटना रोकिएको छैन। न्यूनीकरण भने भएको छ ।’ उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ७ : १२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान