८ माघ २०८२, बिहिबार | January 22, 2026

प्रतिनिधिसभा पुनर्स्थापना भए झन ठूलो अस्थिरता निम्तिन्छ : प्रधानमन्त्री ओली



कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए देश झन ठूलो अस्थिरतातर्फ धकेलिने दाबी गरेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिकामा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए निम्तिने अस्थिरतालाई सर्वोच्च अदालतले पनि विश्लेषण गरेको विश्वास गरे ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला दुई तीन दिनभित्रै हुनसक्ने बताउँदै ओलीले आफुहरु चुनावको तयारीमा लागिसकेको बताए । ओलीले प्रतिनिधिसभा पुनर्स्थापित भए पनि आफ्नो राजनीति नसकिने विश्वास गरे । प्रधानमन्त्री ओलीले भने, ‘अहिले प्रतिनिधि सभा विघटन भएको छ। देश चुनावतर्फ अघि बढेको छ । केही मान्छेहरु यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेका छन्। तर, हाम्रो राजनीति जे भएपनि सकिँदैन।’

ओलीले आफुले विराटनगरमा बोलेको कुरालाई गलत प्रचार गरिएको दाबी गरे । उनले भने ‘प्रधानमन्त्रीले प्रतिनिधिसभापुनर्स्थापना भए आन्दोलन गर्छु भन्यो भन्दै गलत प्रचार गरिएको छ । मैले नारा जुलुस गर्छु भनेको होइन् । देश विकासको आन्दोलन गर्छु भनेको हुँ । नारा जुलुश गर्ने, ढुंगा मुढा गर्ने आन्दोलन भनेको होइन।’

प्रधानमन्त्री ओलीले महाकाली सन्धीको प्रसंग कोट्याउँदै महाकाली नदी बेचेको नभई फिर्ता ल्याइएको दाबी गरे । महाकाली सन्धीबारे आफुलाई धेरैले गाली गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नदी बेचेको हाइन । त्यत्तिकै अर्काले लगिरहेको पानी आफ्नो खेतमा हाल्ने फैसला गरिएको छ । फिर्ता ल्याइएको छ ।’ महामालीको पानी किसानको खेत खेतमा पुयाउने योजना रहेको उनले बताए । त्यसक्रममा ओलीले पश्चिम सेती जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गरिने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीले सरकारले सुदूरपश्चिमको विकास र समृद्धिका लागि ऐतिहासिक काम गरेको दाबी गरे ।

ओलीले नेपाली भूमि भारतबाट फिर्ता ल्याउने प्रक्रिया अघि बढेको बताए । नयाँ नक्शा संविधानमा समावेश गरेपछि भारतसँग भूमि फिर्ताबारे सम्वाद भैरहेको उनले दाबी गरे ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ४ : ५० बजे

दाङका वनका सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ स्थित नमूना महिला सामुदायिक वनमा

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बागमती । कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक

साफ फुटसल च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई