१ पुस २०८२, मंगलबार | December 17, 2025

दुबैली च्याउ पकेट आयोजनाको सार्वजनिक सुनवाई



बुटवल । प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना अन्र्तगत बुटवल उपमहानरपालिका वडा नम्बर १८ दुबैलीमा सञ्चालित दुबैली कन्ये च्याउ पकेट आयोजनाको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।

संमन्वय समितिका अध्यक्ष खिलेन्द्र पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा हुम नाथ आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष अध्यक्ष हुमनाथ आचार्यले किसानहरुको साथमा वडा जहिले पनि सकारात्मक रहेको भन्दै किसानहरुले आफ्नो स्तरबाट उत्पादनयोग्य बस्तुमा विशेष जोड दिनुपर्ने बताए ।

उनले भने–‘वडा कार्यालय सहयोगको लागि तपाईंहरुकै साथमा छ, के सहयोग गर्न पर्यो, कहा जानु पर्यो म तयार छु । ’

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि बुटवल उपमहानरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले अनुदान पाएपछि अर्को बर्ष देखि कार्यक्रम नै हराउने पारिपाटी अन्य स्थानमा भएको पाइएको भन्दै बुटवलमा सञ्चालन भएका पकेट कार्यक्रमहरुले भने निरन्तरता पाउनेमा आफु विश्वस्त भएको बताए ।

कार्यक्रममा साना किसान कृषि सहकारी संस्था सेमलारका अध्यक्ष गोपाल प्रसाद पौडेल, सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेश गाहा, सौरहीया टोल विकास समितिका अध्यक्ष गोलु प्रसाद चौधरी, बुटवल जैविक तरकारी उत्पादक समुहका उपाध्यक्ष जनक गौतम लगायतले आ आफ्नो भनाई राखेका थिए । च्याउ पकेट आयोजनाले ८ लाख रुपैयाँ बढि नाफा गर्न सफल भएको संमन्वय समितिका सचिव शेषकान्त अर्याल(कृष्ण)ले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : १३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष