२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

दुबैली च्याउ पकेट आयोजनाको सार्वजनिक सुनवाई



बुटवल । प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना अन्र्तगत बुटवल उपमहानरपालिका वडा नम्बर १८ दुबैलीमा सञ्चालित दुबैली कन्ये च्याउ पकेट आयोजनाको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।

संमन्वय समितिका अध्यक्ष खिलेन्द्र पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा हुम नाथ आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष अध्यक्ष हुमनाथ आचार्यले किसानहरुको साथमा वडा जहिले पनि सकारात्मक रहेको भन्दै किसानहरुले आफ्नो स्तरबाट उत्पादनयोग्य बस्तुमा विशेष जोड दिनुपर्ने बताए ।

उनले भने–‘वडा कार्यालय सहयोगको लागि तपाईंहरुकै साथमा छ, के सहयोग गर्न पर्यो, कहा जानु पर्यो म तयार छु । ’

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि बुटवल उपमहानरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले अनुदान पाएपछि अर्को बर्ष देखि कार्यक्रम नै हराउने पारिपाटी अन्य स्थानमा भएको पाइएको भन्दै बुटवलमा सञ्चालन भएका पकेट कार्यक्रमहरुले भने निरन्तरता पाउनेमा आफु विश्वस्त भएको बताए ।

कार्यक्रममा साना किसान कृषि सहकारी संस्था सेमलारका अध्यक्ष गोपाल प्रसाद पौडेल, सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेश गाहा, सौरहीया टोल विकास समितिका अध्यक्ष गोलु प्रसाद चौधरी, बुटवल जैविक तरकारी उत्पादक समुहका उपाध्यक्ष जनक गौतम लगायतले आ आफ्नो भनाई राखेका थिए । च्याउ पकेट आयोजनाले ८ लाख रुपैयाँ बढि नाफा गर्न सफल भएको संमन्वय समितिका सचिव शेषकान्त अर्याल(कृष्ण)ले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : १३ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन