२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

भेटनरी शिक्षण अस्पताल र स्थानीय बीच ३ बुँदे सहमति



बुटवल । भैरहवामा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको हाताभित्र रहेको पशु चिकित्सा शिक्षण अस्पताल (भेटनरी अस्पताल) र स्थानीय बीच ३ बुँदे सहमति भएको छ ।

सोमबार क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख राम भजन मण्डल, भेटनरी शिक्षण अस्पताल पक्लिहवा क्याम्पसका सह-प्रा.डा कृष्ण काफ्ले, स्थानीय सरकारकोतर्फ बाट सिद्धार्थनगर नगरपालिका वडा नं. १ का वडाध्यक्ष रमेश मल्ल, स्थानीयको तर्फबाट नयाँगाउँ रानीगाउँ दुर्गा मन्दिर समाजका अध्यक्ष खुशीमान गुरुङ्गबीच सहमति भएको हो ।

सहमति पत्रमा पशु शिक्षण अस्पतालको सम्पूर्ण संरचना तयारी भई संचालन नभएसम्म भेटनरी शिक्षण अस्पताल र युनिट, एक्सटेन्सन, कम्युनिटी आउटरीच प्रोग्राम आदिको नाममा अन्य ठाउँमा निर्माण नगर्ने नगराउने सहमति भएको छ ।

यस्तै नयाँ संरचना बनाउने गरी सम्पूर्ण कागजी प्रक्रिया पूरा गरि सहमति भएको १८ महिना भित्र सम्पन्न गर्नुपर्ने र स्थानीय सरकार, स्थानीय सरोकार राख्ने पक्षहरुको प्रत्यक्ष सहभागितामा त्रि.वि. विकेन्द्रीकरण नियमाअनुसार ब्यवस्थापन समिति गठन गर्ने सहमति भएको स्थानीय सुशिल गुरुङ्गले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ८ : ४५ बजे

वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम

चार लेनको बन्ने भयो धम्बोझी चोकबाट नन्दनी मीलसम्मको हुलाकी सडक

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्ज गुलरिया सडकको अधिकांस भागमा

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले