१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भेटनरी शिक्षण अस्पताल र स्थानीय बीच ३ बुँदे सहमति



बुटवल । भैरहवामा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको हाताभित्र रहेको पशु चिकित्सा शिक्षण अस्पताल (भेटनरी अस्पताल) र स्थानीय बीच ३ बुँदे सहमति भएको छ ।

सोमबार क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख राम भजन मण्डल, भेटनरी शिक्षण अस्पताल पक्लिहवा क्याम्पसका सह-प्रा.डा कृष्ण काफ्ले, स्थानीय सरकारकोतर्फ बाट सिद्धार्थनगर नगरपालिका वडा नं. १ का वडाध्यक्ष रमेश मल्ल, स्थानीयको तर्फबाट नयाँगाउँ रानीगाउँ दुर्गा मन्दिर समाजका अध्यक्ष खुशीमान गुरुङ्गबीच सहमति भएको हो ।

सहमति पत्रमा पशु शिक्षण अस्पतालको सम्पूर्ण संरचना तयारी भई संचालन नभएसम्म भेटनरी शिक्षण अस्पताल र युनिट, एक्सटेन्सन, कम्युनिटी आउटरीच प्रोग्राम आदिको नाममा अन्य ठाउँमा निर्माण नगर्ने नगराउने सहमति भएको छ ।

यस्तै नयाँ संरचना बनाउने गरी सम्पूर्ण कागजी प्रक्रिया पूरा गरि सहमति भएको १८ महिना भित्र सम्पन्न गर्नुपर्ने र स्थानीय सरकार, स्थानीय सरोकार राख्ने पक्षहरुको प्रत्यक्ष सहभागितामा त्रि.वि. विकेन्द्रीकरण नियमाअनुसार ब्यवस्थापन समिति गठन गर्ने सहमति भएको स्थानीय सुशिल गुरुङ्गले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ८ : ४५ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना