११ बैशाख २०८१, मंगलबार | April 24, 2024

पूर्व अध्यक्ष श्रेष्ठ, पत्रकार ज्ञवाली तथा ६ उद्योगी व्यवसायीलाई बुटवल उद्योग बाणिज्य संघको सम्मान



बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ ।

संघका पूर्व अध्यक्ष श्रेष्ठले संघको श्रीबृद्धिमा पु¥याएको योगदानको उच्च मुल्यांकलन सहित ६८ औं स्थापना दिवसमा सम्मान गरिएको हो ।

२०१० साल फागुन १० गते स्थापना गरिएको बुटवल उद्योग बाणिज्य संघको सोमबार भएको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहमा पूर्व अध्यक्ष श्रेष्ठकी धर्मपत्नी सीतादेवी कदर पत्र प्रदान गरिएको हो ।

उनलाई नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन । साधारण सदस्यबाट उद्योग बाणिज्य संघमा प्रवेश गरेका श्रेष्ठ कार्यसमिति सदस्य, कोषाध्यक्ष, सचिव हुँदै २०४८ देखि ०५३ सम्म दुई कार्यकाल अध्यक्ष भएर संघको नेतृत्व सम्हालेका थिए ।

त्यसै अवसरमा संघले प्रत्येक तीन वर्षमा प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार यो वर्ष युवा पत्रकार कपिल ज्ञवालीलाई प्रदान गरिएको छ । आर्थिक बिकासको क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मानको लागि स्थापना गरिएको उक्त पुरस्कार रुपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारित गर्दै आएका पत्रकार ज्ञवालीलाई प्रदान गरिएको हो ।

उनलाई नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कदर पत्र सहित दोसल्ला आढाएर उक्त पुरस्कार प्रदान गरेका हुन । सो पुरस्कारको राशी २५ हजार रुपैंया रहेको छ । पत्रकार ज्ञवाली बुटवलको बुद्ध टेलिभिजनमा कार्यरत छन ।

त्यस्तैगरी संघले संस्थागत रुपमा बुटवलबाट प्रकाशित हुने बुटवल टुडे दैनिक पत्रिकालाई सम्मान गरेको छ । यसै अवसरमा संघले उद्योग, व्यापार, कृषि, सेवा क्षेत्र र महिला गरी ५ विधामा उत्कृष्ट उद्योगी व्यबसायीलाई समेत सम्मान गरेको छ ।

संघले उद्योग तर्फ बुटवल उपमहानगरपालिका ५ ट्राफिकचोकको ब्लाक फरेष्ट, बाणिज्य तर्फ बुटवल ११ कालिकानगरको जयकृष्ण ट्रेडिङ्, बुटवल ५ अमरपथको एच आई ट्रेनिङ् सेन्टर, सेवातर्फ बुटवल ९ को क्लव डेनोभो, कृषितर्फ सियारी गाउँपालिका छपियाको द सिल्भर ग्रीन फिसरी एण्ड एग्री कल्चर र महिलातर्फ बुटवल ९ सितलकुञ्जको इन्टरटेक प्रा.लि.लाई सम्मान गरिएको हो ।

आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने पत्रकार छनौटको लागि पूर्व अध्यक्ष अर्जुनमान सैंजु र उद्योगी व्यबसायी सम्मानको लागि पूर्व अध्यक्ष नवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

त्यसै अवसरमा संघका पूर्वअध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो । संघको स्थापना दिवसकै अवसरमा बुटवल माध्यमिक बिद्यालयलाई १० थान डेस्कबेन्च प्रदान गरिएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ९ : १३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना