२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

पूर्व अध्यक्ष श्रेष्ठ, पत्रकार ज्ञवाली तथा ६ उद्योगी व्यवसायीलाई बुटवल उद्योग बाणिज्य संघको सम्मान



बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ ।

संघका पूर्व अध्यक्ष श्रेष्ठले संघको श्रीबृद्धिमा पु¥याएको योगदानको उच्च मुल्यांकलन सहित ६८ औं स्थापना दिवसमा सम्मान गरिएको हो ।

२०१० साल फागुन १० गते स्थापना गरिएको बुटवल उद्योग बाणिज्य संघको सोमबार भएको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहमा पूर्व अध्यक्ष श्रेष्ठकी धर्मपत्नी सीतादेवी कदर पत्र प्रदान गरिएको हो ।

उनलाई नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन । साधारण सदस्यबाट उद्योग बाणिज्य संघमा प्रवेश गरेका श्रेष्ठ कार्यसमिति सदस्य, कोषाध्यक्ष, सचिव हुँदै २०४८ देखि ०५३ सम्म दुई कार्यकाल अध्यक्ष भएर संघको नेतृत्व सम्हालेका थिए ।

त्यसै अवसरमा संघले प्रत्येक तीन वर्षमा प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार यो वर्ष युवा पत्रकार कपिल ज्ञवालीलाई प्रदान गरिएको छ । आर्थिक बिकासको क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मानको लागि स्थापना गरिएको उक्त पुरस्कार रुपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारित गर्दै आएका पत्रकार ज्ञवालीलाई प्रदान गरिएको हो ।

उनलाई नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कदर पत्र सहित दोसल्ला आढाएर उक्त पुरस्कार प्रदान गरेका हुन । सो पुरस्कारको राशी २५ हजार रुपैंया रहेको छ । पत्रकार ज्ञवाली बुटवलको बुद्ध टेलिभिजनमा कार्यरत छन ।

त्यस्तैगरी संघले संस्थागत रुपमा बुटवलबाट प्रकाशित हुने बुटवल टुडे दैनिक पत्रिकालाई सम्मान गरेको छ । यसै अवसरमा संघले उद्योग, व्यापार, कृषि, सेवा क्षेत्र र महिला गरी ५ विधामा उत्कृष्ट उद्योगी व्यबसायीलाई समेत सम्मान गरेको छ ।

संघले उद्योग तर्फ बुटवल उपमहानगरपालिका ५ ट्राफिकचोकको ब्लाक फरेष्ट, बाणिज्य तर्फ बुटवल ११ कालिकानगरको जयकृष्ण ट्रेडिङ्, बुटवल ५ अमरपथको एच आई ट्रेनिङ् सेन्टर, सेवातर्फ बुटवल ९ को क्लव डेनोभो, कृषितर्फ सियारी गाउँपालिका छपियाको द सिल्भर ग्रीन फिसरी एण्ड एग्री कल्चर र महिलातर्फ बुटवल ९ सितलकुञ्जको इन्टरटेक प्रा.लि.लाई सम्मान गरिएको हो ।

आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने पत्रकार छनौटको लागि पूर्व अध्यक्ष अर्जुनमान सैंजु र उद्योगी व्यबसायी सम्मानको लागि पूर्व अध्यक्ष नवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

त्यसै अवसरमा संघका पूर्वअध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो । संघको स्थापना दिवसकै अवसरमा बुटवल माध्यमिक बिद्यालयलाई १० थान डेस्कबेन्च प्रदान गरिएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ९ : १३ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने