७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

चितुवा मारेर छाला बेच्ने समूह बाँके प्रहरीको नियन्त्रणमा, १० लाख अबैध भारु सहित थप १ जना पक्राउ



नेपालगञ्ज । बाँके प्रहरीले चितुवाको प्रतिबन्धित छालासहित तीन जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्गको राप्तीसोनारी गाउँपालिका १, कुसुमबाट दुई थान चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सल्यानका जीतबहादुर डिसी, हिमेन्द्र वली र कमल डिसी रहेका छन् । बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाका अनुसार दुई थान चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरिएको हो । जीतबहादुरले दुई वर्षअघि पासोमा पारेर चितुवालाई मारेका थिए । उक्त छाला नेपालगञ्जमा बेच्न आउदा उनी सहित अन्य २ जनापनि पक्राउ परेको प्रहरी उपरिक्षक रानाले बताए ।

बाँके प्रहरीले दश लाख रुपैया भारुसहित एकजना भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ । भारतबाट हिड्दै नेपालगञ्ज आउदै गरेका दिल्ली जफ्फारावादका मुनवर खानलाई प्रहरीले दश लाख भारुसहित पक्राउ गरेको हो । खान नेपालमा पितलको धुलो खरिद गर्न आएको बुझिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ११ : २२ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा