२२ भदौ २०८३, सोमबार | September 7, 2026

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं मूल्यको स्मार्ट मोबाईल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छलेर अवैध रुपले ल्याइएको लाखौं रुपैयाँ बढीका स्मार्ट मोबाइल फोन नेपालगन्जको घरबारीटोल क्षेत्रबाट बरामद गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका–२ क्षेत्रमा बिलबिजक नभएका मोबाइल ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा पुगेको बाँके प्रहरीको टोलीले चेकजाँचका क्रममा १९ थान मोबाइल बरामद गरेको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।

चेकजाँचका क्रममा नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरका समिर अहमदलाई शंका लागी खानतलासी गर्दा उनले बोकेको झोलाबाट विभिन्न कम्पनीका १९ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिलबिजक तथा अन्य कुनै कागजपत्र नभएको बरामद मोबाइलको अन्दाजी मूल्य ३ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

बरामद मोबाइलसहित अहमदलाई आवश्यक कारबाहीका लागि आज भन्सार कार्यालय नेपालगन्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  १० : १० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार