३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ



नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय तोकिएपछि फरार रहेका २२ प्रतिवादीलाई एक साताको अवधिमा पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत प्रहरीले गत साउन २३ देखि २९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार पक्राउ परेका प्रतिवादीबाट कुल रु एक लाख ६७ हजार जरिवाना असुल गरिएको छ ।

उनले भने, “अदालतबाट फैसला भई सजाय तोकिएर पनि फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई प्रहरीले निरन्तरता दिइरहेको छ । पक्राउ परेकाहरूबाट जरिवाना असुल गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको छ ।”

उनका अनुसार पक्राउ परेका २२ प्रतिवादीलाई अदालतले कुल चार वर्ष एक महिना १५ दिन कैद सजाय तोकेको थियो । पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियान गत वर्षदेखि नै निरन्तर सञ्चालन गर्दै आएको छ ।

फैसला कार्यान्वयनमा प्रहरीको सक्रियता बढेसँगै फरार प्रतिवादी पक्राउ पर्ने क्रमसमेत बढेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताए । उनका अनुसार अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तोकिए पनि फरार रहेका कतिपय व्यक्ति आपराधिक तथा गैरकानुनी गतिविधिमा संलग्न हुने गरेको पाइएकाले उनीहरूको खोजी तथा पक्राउ अभियानलाई प्राथमिकता दिइएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  १० : ४० बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा मानसिक स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाहसम्बन्धी अभिमुखीकरण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मानसिक स्वास्थ्यको वर्तमान अवस्था,

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र