१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

रानीमहलमा होटल बनाउने प्रस्तावको चौतर्फी विरोध



पाल्पा । नेपालको ताजमहल भनेर चिनिने अमर प्रेमको निसानी पाल्पा कालीगण्डकी किनारामा अवस्थित रानीमहलको विषयलाई लिएर पछिल्लो समय चर्काे बहस र चर्चा हुन थालेको छ ।

हालैका दिनमा पर्यटकीय गतिविधि सो क्षेत्रमा बढेको र पाल्पा मात्र नभई समग्र राष्ट्रकै पहिचानसँग जोडिएको ऐतिहासिक र पुरातात्विक सम्पदाको प्रयोगका सम्बन्धमा नेपाल पर्यटन बोर्डले हेरिटेज होटल बनाउन सरकारलार्ई प्रस्ताव गरेपछि स्थानीय सरोकारवालाले बहस अघि बढाउनुका साथै यसको विरोधसमेत गरेका हुन् ।

नेपाल पर्यटन बोर्डले रानीमहलको उपयोग, संरक्षण र पर्यटन विस्तारका लागि हेरिटेज होटल, म्युजियम, कालीगण्डकीमा ¥याफ्टिङ, गण्डकीको किनारमा टेन्ट क्याम्प बनाउन सकिने गरी यसलाई व्यावसायिक ढंगले समेत उपयोग गर्ने गरी सरकारसमक्ष प्रस्ताव गरेको बताइएको छ ।

पर्यटन बोर्डको यो प्रस्तावसँगै पाल्पाली समुदायले यसको विरोध जनाएका हुन् । उनीहरुको भनाइमा ऐतिहासिक तथा पुरातात्विक सम्पदामाथि हस्तक्षेप हुन लागेकाले यसको विरोध गर्नु पर्दछ किनकि यो ऐतिहासिक धरोहर हो ।

तत्कालीन पाल्पा गांैडाका तैनाथवाला खड्ग शमशेरले पत्नी तेजकुमारीको मृत्युपछि विसं १९५४ मा रानीमहल निर्माण गराएका हुन् ।

पहिले यो पुरातत्व विभागको अधीनमा रहेकोमा विभागले २०७५ साउनमा रानीमहल व्यवस्थापन र संरक्षणका लागि तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको थियो । उक्त समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : ३२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम