२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

युभेन्टस महत्वपूर्ण जितसहित तेस्रो स्थानमा, रोनाल्डोले गरे दुई गोल



काठमाडौं । युभेन्टस महत्वपूर्ण जितसहित इटालियन सिरी ए को तेस्रो स्थानमा उक्लिएको छ ।

युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे भने वेस्टन म्याकेनीले एक गोल गरे । गएराति भएको खेलमा युभेन्टसले क्रोतोनेलाई ३-० ले पराजित गरेको हो ।

खेलको ३८ औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा क्रिष्टियानो रोनाल्डोले हेडमार्फत उत्कृष्ठ गोल गरेपछि युभेन्टसले पहिलो हाफमा नै २-० को अग्रता लिएको थियो । वेस्टन म्याकेनीले ६६ औँ मिनेटमा गोल गरेपछि युभेन्टस सहज जित हात पार्न सफल भयो ।

यो सिजन सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका रोनाल्डोले सिरी ए मा हालसम्म ७० गोल गरेका छन् ।

गएरातिको जितसँगै युभेन्टस २२ खेलबाट ४५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । २३ खेलबाट ५३ अंकसहित इन्टर मिलान शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ८ : १७ बजे

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख