१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

कुमारी बैंक र द बर्गर हाउस अण्ड क्रन्ची फ्राईड चिकेनबीच सहकार्य



काठमाडौ । कुमारी बैंक लिमिटेड र चाँदनी चोक, बनेपास्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा कुमारी बैंक लि,बनेपा शाखाकी शाखा प्रबन्धक नविना वैद्य र द बर्गर हाउसका प्रोप्राइटर  अर्जुन तामाङज्यूले हस्ताक्षर गरेका छन् ।

सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले बनेपास्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा ८% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ ।

सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत द बर्गर हाउसका विभिन्न सेवाहरुमा बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ११ : ३३ बजे

तिनाउ खोलामा ३.४४ मेगावाटको ‘नमः बुद्ध’ जलविद्युत आयोजना निर्माण हुँदै

बुटवल । भिजन लुम्बिनी लिमिटेड ले पाल्पाको तिनाउ गाउँपालिका-झुम्सा नजिक

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा