२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

‘नौवास्ता औद्योगिक क्षेत्र’ निर्माण सुरु



काठमाडौं । बैजनाथ गाउँपालिकामा ‘नौवास्ता औद्योगिक क्षेत्र’ निर्माण हुने भएको छ । यसका लागि ६१ करोड विनियोजनसमेत भएको छ । रकम विनियोजनभएसँगै निर्माण द्रुत रुपमा अगाडि बढाइएको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्र व्यस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले औद्योगिक क्षेत्र निर्माणको सुरुवात भएको जानकारी दिए। उनले ‘नौवस्ता औद्यागिक क्षेत्र परियोजना’ कार्यालय पनि सञ्चालनमा आएको बताए ।

सङ्घीय सरकारले औद्योगिक क्षेत्रका लागि चालू आवमा ६१ करोड खर्च गर्दैछ । बजेटबाट औद्योगिक क्षेत्रका लागि जग्गा सम्याउने, खाल्टाखुल्टी पुर्ने, प्लट बनाउने लगायतको कार्य हुने छन् । सडक ट्र्याकको सम्भावना र यसका लागि काम पनि चालू आवमा नै बढाउने योजना रहेको छ ।

बैजनाथमा ३ सय ३८ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने योजना छ । औद्योगिक क्षेत्रका लागि भनिएको केही भागमा बस्तीसमेत रहेको छ । समस्याको समाधान अझै हुनसकेको छैन । यस अघि विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) भइसकेर पनि घरधुरी सर्वेक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनमा भएको अवस्था रहेको जनाइएको छ ।

औद्योगिक क्षेत्रका लागि डिपिआर तयार हुँदा २ सय ५९ घरधुरी उक्त क्षेत्रमा पर्ने तथ्याङ्क सङ्कलन भएको थियो । स्थानीय घरधनीको सङ्घर्ष समितिले सो सङ्ख्या झण्डै दोब्बर रहेको दाबी गर्दै आएको छ । अहिले भूमि समस्या समाधान सम्बन्धी आयोगको काम स्थानीय तहले गर्दै आएको छ ।

‘औद्योगिक क्षेत्रमा रहेका भूमिहीन तथा सुकुम्वासीको एकीन तथ्याङ्कका लागि अहिले स्थानीय तहसँग समन्वय गरिहेका छौं’, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख पुनले भने,‘औद्योगिक क्षेत्रका लागि छुट्याइएको १० प्रतिशत भूभागमा मात्रै समस्या हो ।’

औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि २ सय ५० उद्योगीले आवेदन दिएका छन् । औद्योगिक क्षेत्र बन्न लागेपछि रोजगारी पाउने आशामा स्थानीय खुशी रहेका छन्

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : २५ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने