१२ श्रावण २०८१, शनिबार | July 27, 2024

‘नौवास्ता औद्योगिक क्षेत्र’ निर्माण सुरु



काठमाडौं । बैजनाथ गाउँपालिकामा ‘नौवास्ता औद्योगिक क्षेत्र’ निर्माण हुने भएको छ । यसका लागि ६१ करोड विनियोजनसमेत भएको छ । रकम विनियोजनभएसँगै निर्माण द्रुत रुपमा अगाडि बढाइएको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्र व्यस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले औद्योगिक क्षेत्र निर्माणको सुरुवात भएको जानकारी दिए। उनले ‘नौवस्ता औद्यागिक क्षेत्र परियोजना’ कार्यालय पनि सञ्चालनमा आएको बताए ।

सङ्घीय सरकारले औद्योगिक क्षेत्रका लागि चालू आवमा ६१ करोड खर्च गर्दैछ । बजेटबाट औद्योगिक क्षेत्रका लागि जग्गा सम्याउने, खाल्टाखुल्टी पुर्ने, प्लट बनाउने लगायतको कार्य हुने छन् । सडक ट्र्याकको सम्भावना र यसका लागि काम पनि चालू आवमा नै बढाउने योजना रहेको छ ।

बैजनाथमा ३ सय ३८ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने योजना छ । औद्योगिक क्षेत्रका लागि भनिएको केही भागमा बस्तीसमेत रहेको छ । समस्याको समाधान अझै हुनसकेको छैन । यस अघि विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) भइसकेर पनि घरधुरी सर्वेक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनमा भएको अवस्था रहेको जनाइएको छ ।

औद्योगिक क्षेत्रका लागि डिपिआर तयार हुँदा २ सय ५९ घरधुरी उक्त क्षेत्रमा पर्ने तथ्याङ्क सङ्कलन भएको थियो । स्थानीय घरधनीको सङ्घर्ष समितिले सो सङ्ख्या झण्डै दोब्बर रहेको दाबी गर्दै आएको छ । अहिले भूमि समस्या समाधान सम्बन्धी आयोगको काम स्थानीय तहले गर्दै आएको छ ।

‘औद्योगिक क्षेत्रमा रहेका भूमिहीन तथा सुकुम्वासीको एकीन तथ्याङ्कका लागि अहिले स्थानीय तहसँग समन्वय गरिहेका छौं’, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख पुनले भने,‘औद्योगिक क्षेत्रका लागि छुट्याइएको १० प्रतिशत भूभागमा मात्रै समस्या हो ।’

औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि २ सय ५० उद्योगीले आवेदन दिएका छन् । औद्योगिक क्षेत्र बन्न लागेपछि रोजगारी पाउने आशामा स्थानीय खुशी रहेका छन्

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : २५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान