५ श्रावण २०८३, मंगलबार | July 22, 2026

ससुराको हत्या गरेको अभियोगमा बुहारी पक्राउ



गुल्मी । गुल्मीमा ८७ वर्षिय ससुराको बुहारीबाट हत्या भएको छ । ससुराको हत्या गरेको आरोपमा पक्राउ परेकी बुहारीलाई आज गुल्मी प्रहरीले सार्वजानिक गरेको छ ।

रुरु क्षेत्र गाउँपालिका ३ थानपतिकी ४२ बर्षीया मनकला ज्ञवालीले ८७ बर्षीय ससुरा नन्दलाल ज्ञवालीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरेर हत्याको अभियोगमा पक्राउ परेकी मनकलालाई सार्वजनिक गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ज्ञवालीले मादक पदार्थ सेवन गरेर ससुरालाई भित्तोमा ठोक्काएर हत्या गरेको खुल्न आएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै गुल्मी प्रहरी प्रमुख एसपी प्रविणलाल श्रेष्ठले फागुन ८ गते राति ससुराको हत्या गरेको र आईतवार पक्राउ गरिएको जानकारी दिए। उनले घटनाको थप अनुसन्धान भईरहेको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : ०९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं