७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

डा. केसीद्वारा २०औँ सत्याग्रह स्थगित



काठमाडौं । डा. गोविन्द केसीले २०औँ सत्याग्रह स्थगित गरेका छन् । बुधबार माइतीघरमा पत्रकार सम्मेलन गरी उनले सर्वोच्च अदालतबाट नागरिकको आवाज सुनुवाइ भएको भन्दै हाललाई सत्याग्रह स्थगित गर्ने निर्णय गरेको बताए ।

यसअघि, डा. केसीले प्रतिनिधिसभा पुनःस्थापनासहित तीनबुँदे माग राख्दै फागुन १२ गतेसम्म माग पूरा नभए आन्दोलनमा जाने घोषणा गरेका थिए । सत्याग्रह स्थगित भए पनि संसद् पुनःस्थापनाबाहेकका दुईवटा माग पूरा गर्न दबाबमूलक कार्यक्रम भने गरिरहने डा. केसीको भनाइ छ ।

यस्ता छन् बाँकी दुईबुँदे माग

१. अवैध रूपमा संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द गरियोस् ।

२. चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि हामीसँग भएका सम्झौता कार्यान्वयन गरियोस् ।

चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा पचहत्तर प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायतका राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरुको कार्यान्वयन गरियोस् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ४ : २० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल