११ चैत्र २०८२, बुधबार | March 25, 2026

चितवनमा राम मन्दिर बनाएर केपी ओलीलाई पूजारी राख्न पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रस्ताव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले संसद पुनःस्थापनाको अदालतको फैसलापछि प्रधानमन्त्रीले राजीनामा दिएर बाटो खोल्नुपर्ने बताएका छन् ।

संसद पुनर्स्थापनको खुसियालीमा नेकपा प्रचण्ड-नेपाल पक्षले आयो्जना गरेको विजयी सभालाई सम्बोधन गर्दै समाजबादको यात्रालाई बाटैमा खुट्टा भाँच्ने प्रधानमन्त्री ओलीले कदम असफल भएको स्पष्ट पारे । उनले प्रधानमन्त्री ओलीले बाटो खोलेर समाजबादको यात्रा गर्ने बाटो खोलिदिनु नै उपयुक्त हुने बताए । ‘ओलीले सरकार छोडेर नयाँ सरकार बन्ने मार्ग प्रसस्त गर्नुपर्छ’ पाण्डेले भने, ‘नयाँ सरकार बनाउनका लागि हामी सबै दलका मानिस एउटै टेबुलमा बसेर अगाडि बढ्नुपर्छ । सबै दलहरु नयाँ जिम्मेवारीका साथ अगाडि बढौँ ।’

पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले नेकपाको ओलीपक्षका नेता तथा कार्यकर्तालाई प्रचण्ड–नेपाल पक्षमा आउन आग्रह गरेका छन् । ‘नेकपाको मूल घरमा हामी छौँ, अब मूल घरमा आउनुस्’ पाण्डेले भने, ‘हामी नेकपालाई एकटुज बनाएर, एउटै पार्टी बनाएर अगाडि बढ्नुपर्ने छ । उनले प्रधानमन्त्री ओलीलाई मात्रै एक्लाएर सबै एकजुट भएर अगाडि बढ्न आह्वान गरे । नेकपाका सबै एकजुट भएर अगाडि बढेको अवस्थामा फेरि पनि संसद्मा नेकपाकै बहुमत पुुग्ने उनको भनाई छ ।

चितवनमा ओली पक्षले गरेको सभामा प्रधानमन्त्री ओलीले आफ्नो समूहलाई लक्षीत गर्दै बोलेका वाक्यहरुको जवाफ दिँदै पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चितवनमा राममन्दिर बनाएर मुल पुरोहित राख्ने प्रस्ताव गरे ।

केही साताअघि चितवन पुगेका प्रधानमन्त्री ओलीले आमसभामालाई सम्बोधन गर्दै राममन्दिर बनाउने घोषणा गरेका थिए । चितवनबाट निर्वाचित तीन सांसदहरु पुष्पकमल दाहाल प्रचण्ड, सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेललाई लक्षित गर्दै ओलीले ‘खोइ तीन सांसद ? आजका दिनसम्म उनीहरुले के गरे ?’ भन्दै प्रश्न गरेका थिए ।

प्रधानमन्त्रीले विगत केहि महिना देखि असली अयोध्या चितवनमा रहेको जिकिर गर्दै त्यहाँ राम मन्दिर बनाउने अठोट लिंदै आएका छन् । उनले राम र सिताको मुर्ति समेत तयार गरिसकेका छन् ।

‘म यहाँका मेयरलाई आग्रह गर्न चाहन्छु, माडीमा राममन्दिर बनाएर त्यसको पुजारी ओलीजी राखौँ’, उनले भने ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ४ : २९ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग