६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

रोटरी डे मा मानव सेवा आश्रममा खाद्यान्न सहयोग



बुटवल । रोटरी क्लव अफ बुटवलले मानव सेवा आश्रम बुटवलमा खाद्यान्न वितरण गरेको छ । ११६ औं रोटरी डे को अवसर पारेर क्लवले मानव सेवा आश्रम बुटवलमा खाद्यान्न सहयोग गरेको हो । क्लवका अध्यक्ष सुनिल श्रेष्ठको नेतृत्वमा रोटरीयन र रोटर्याक्टहरुको उपस्थितिमा खाद्यान्न हस्तान्तरण गरिएको हो ।

खाद्यान्न वितरण कार्यक्रममा क्लवका एजी एवं पुर्व अध्यक्ष हरि पौडेल, क्लवका अध्यक्ष सुनिल श्रेष्ठ, सचिव रोम शर्मा, मानव सेवा आश्रमका अभिभावक चन्द्रमान श्रेष्ठ, रोटर्याक्ट क्लव अफ बुटवलका अध्यक्ष सुमन अधिकारी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

त्यस्तै क्लवको १३५३ औं नियमित बैठक पनि क्लव सचिवालयमा बसेको छ । बिजनेश एजेण्डामा छलफल गर्न बसेको बैठकमा रोटरी डे का अवसरमा क्लव सचिवालय बुटवलमा क्लवका पुर्व अध्यक्ष एवं क्लव मेन्टर कृष्णप्रसाद अर्यालले केक काटी शुभकामना आदानप्रदान गरिएको थियो । त्यस अवसरमा क्लव मेन्टर अर्यालले रोटरी इन्टरनेशनल कसरी सुरु भयो भन्ने सन्दर्भमा प्रकाश पारेका थिए । त्यस्तै पुर्व अध्यक्ष अजयमान श्रेष्ठले रोटरी डे को महत्वका बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै रोटरीयन लोकनाथ उपाध्याय, हुतानन्द खनाल, डा. नारायणप्रसाद पन्थलगायतले रोटरीले लिएको उद्देश्य प्राप्तीमा अगाडि बढ्नुपर्ने सुझाव दिंदै रोटरी अभियानमा आफूहरुको सहयोग रहने बताएका थिए ।

कार्यक्रमका अवसरमा अध्यक्ष सुनिल श्रेष्ठले कोभिडको महामारीका बाबजुद पनि रोटरी क्लव अफ बुटवलले आफ्नो कार्ययोजना अनुसार काम गरिरहेको जानकारी गराए । त्यस्तै उनले रोटरीले अगाडि सारेका प्रोजेक्टहरु लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्यान्सर स्क्रिनिंग एण्ड डाइग्नोष्टिक सेन्टर, आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट, शंकरनगर वनवाटिकामा इ लर्निंग एण्ड साइन्स थिएटर र ब्लड कलेक्शन मोवाइल भ्यानको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : ५३ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र