१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

जसपा नेताहरुलाई प्रचण्ड-नेपालको प्रस्ताव : प्रतिगमन विरोधी शक्ति मिलेर अघि बढौं



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विकसित नयाँ राजनीतिक घटनाक्रमबारे प्रचण्ड नेपाल नेकपा र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच छलफल भएको छ ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आज जसपाका शिर्ष नेतृत्वसँग भेट गरेर मिलेर जान प्रस्ताव गरेका छन् ।

अध्यक्षद्वय प्रचण्ड र नेपालले जसपा नेताहरुसँग प्रतिगमन विरुद्ध लडेका दलहरु अब संसदमा पनि एक भएर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् । मधेसका मुद्दाप्रति प्रचण्डले सधै सरकारात्मक रहेको बताएका थिए ।

जवाफमा जसपाका नेताहरुले संविधान बनाउने बेलामा मधेशका मागलाई लत्याएका कारण त्यो प्रतिगमन समेत सच्चिनुपर्ने माग गरेका थिए । पहिला पनि धेरै सम्झौता भएको र ती सम्झौमा धोखा पाएको स्मरण गर्दै जसपा नेताहरुले संविधान संशोधन र रेशम चौधरीको रिहाई लगायतका विषयमा चासो राखेका थिए ।

‘उहाँहरुले मिलेर जाउँ भन्नुभएको छ । हामीले ओलीको प्रतिगमन सच्चिए जस्तै संविधान बनाउने बेलामा भएको प्रतिगमन पनि सच्चिनुपर्छ भनेका छौं’ जसपा नेता राजेन्द्र महतोले भने, ‘हामीले उहाँहरुको पार्टीको आधिकारिकताको सँगसँगै संविधान संशोधन, मधेसका मुद्दाको बारेमा प्रश्न उठाएका छौं ।’

 

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  १२ : ५० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम