२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देही सुपरलिग : लुम्बिनी खुकुरी विजयी



भैरहवा । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले एमसीसी क्लबलाई २ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङमा आएको एमसीसीले निर्धारित ३९ ओभरको खेलमा ३८.३ ओभरमा सबै विकेट गुमाई १३५ रन बनायो । उसका लागि मोहिन खाँनले नटआउट ३०, विजय प्रजापतीले २२, मोहम्मद हुसेनले १४ र सुशान्त थापाले १२ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका अजय लोनियाले ३, लालबहादुर थापा र शंकर रानाले २÷२ तथा दुर्गेश गुप्ता र साहव आलमले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले ३७ ओभरमा ८ विकेट गुमाई १३८ रन बनाउँदै जित निकाल्यो । उसका लागि संदीप रजालीले ४०, अन्तिम थापाले नटआउट ३३ तथा सेजाद आलम र शंकर रानाले १०÷१० रन बनाए । बलिङमा एमसीसीका सन्तोष रानाले ३, रोशनलाल गुप्ताले २, मोहम्मद हुसेन, शिवकुमार मौर्य र रमेश कुर्मीले समान १÷१ विकेट लिए । खेलमा अन्तिम थापा म्यान अफ द म्याच भए । शुक्रबार डिभिजन ‘ए’ का बुटवल राइनोज र बुटवल–११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार र म्यान अफ द फाइनललाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ५ : १६ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले