२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

मगरात स्वायत्त प्रदेशको माग कायम रहेको छ, राज्य नपाउँदा सम्म विश्राम लिईन्न : मगर संघ रुपन्देही



बुटवल । रुपन्देहीका मगरहरुले आफ्नो मगरात स्वायत्त प्रदेशको माग कायम रहेको बताएका छन् । मगर समूदायको ३९ औं मगर दिवसको सन्दर्भमा बुटवलमा ओयोजित पत्रकार सम्मेलनमा सहभागी रुपन्देहीका मगर अगुवाहरुले मगरहरुको भाषा, संस्कृति र भेसभुषा जबर्जस्ती खाेसिएको बताउंदै मगरात राज्य र पाठ्यक्रममा मगर भाषालाई समावेश नगर्दा सम्म मगरहरुको आन्दोलन जारी रहने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै मगर संघ रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरे मगरले लुम्बिनी प्रदेश नामाकरण गरिएता पनि मगरात प्रदेश हुनुपर्ने, मगरभाषामा पाठ्यक्रम निर्माण तथा कार्यान्वयन गर्न, स्थानिय पाठ्यक्रममा मगर समुदायको पहिचानलाई समेट्नुपर्ने, आशन्न जनगणना २०७८ मा मगर समुदायको जनसंख्यीकि विवरण पुर्ण सत्य र तथ्यमा आधारित हुनुपर्ने, नेपालको प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभुति घोषणा गर्नुपर्ने र संविधान अक्षरस कार्यान्वयन गर्नुपर्ने मगरहरुको माग यथावत रहेको बताए । उनले मगरात राज्य र पाठ्यक्रममा मगर भाषा समावशे नहुँदा सम्म मगर संघको संघर्ष नरोकिने बताए ।

केन्द्रीय समितिका कोषाध्यक्ष कमला थापामगरले देशको आदिबासी, भुमिपुत्र भएपनि दोस्रो दर्जाका रुपमा रहेको भन्दै दुखेसो पोखिन् । उनले मगरहरुलाई परापुर्वकालदेखि विभाजन गरेर प्रयोगर शासन गर्ने गरिएको बताईन् । राज्यले मगरहरुको भाषा, संस्कृति र परम्परालाई पाखा लगाएको उनले आरोप लगाईन्।

पत्रकार सम्मेलनमा फागुन १५ गते ३९ औ मगर एकता दिवस विविध कार्यक्रम गरि मनाउन लागिएको जानकारी दिईएको थियो । नेपाल मगर संघले फागुन १५ गते मगर भेषभुषा, झाकीसहित र्याली तथा सम्मान कार्यक्रम गरि मनाउने जानकारी गराईएको थियो । अध्यक्ष बार।घरे मगरका अनुसार नियमित कार्यक्रमसंगै विविसिको एक सय प्रभावशाली महिला २०२० को सुचिमा पर्न सफल मगर चेली सपना रोकामगरलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको बताए ।

मगर संघका संस्थापक महासचिव तथा सभासद सुरेश कुमार आलेमगरले बुटवलको विशेष कार्यक्रमको उदघाटन गर्न आउने तय भईसकेको छ ।

रुपन्देही जिल्लामा १ लाख मगर जातीहरु रहेको तथ्याक छ । जसमध्ये ५० हजार मातृभाषा बोल्नेहरु रहेका छन।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ६ : ०० बजे

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र