१४ भदौ २०८३, आइतबार | August 30, 2026

मगर्स किचनमा नेपाल मगर महिला संघ, रुपन्देहीको ३ दिने ‘माघे सकराती विशेष कार्यक्रम २०७८’ हुने



बुटवल । मगर समुदायको सास्कृतिक पर्व माघे संक्रान्तिमा बुटवलमा ‘माघे सकराती विशेष कार्यक्रम २०७८’ कार्यक्रम हुने भएको छ ।

नेपाल मगर महिला संघ, रुपन्देही जिल्ला समितिको आयोजनामा मगर परिकारको स्वाद पस्कदै आएको मगर्स किचनको सहकार्यमा मगर समुदायको मौलिक स्वादका विभिन्न परिकारहरु सहित माघे सकराती पर्वलाई विशेष बनाउने उद्देश्यका साथ ३ दिन मनाईने भएको हो ।

मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि नेपाल मगर महिला संघ, रुपन्देही जिल्ला समितिका अध्यक्ष चन्दा थापा मगरले कार्यक्रमको तयारी तिव्र रुपमा भैरहेको बताए । नेपाल मगर महिला संघले मगर समुदायको सास्कृतिक पर्व माघे सकरातीको पावन अवसरमा हरेक वर्ष रचनात्मक र चेतनामूलक कार्यक्रमको निरन्तरता दिदै कार्यक्रम गर्न लागेको बताईन ।

माघे सकरातीमा मगरहरुको खाने गरेका विभिन्न खानेकुरा जस्तै तरुल, सखरखण्डा, सेलरोटी, बारा र वाक्श्या (बंगुरको मासु) लगायतका परिकार पस्कने उनले बताए । कार्यक्रम अवधिभर मगरहरूको विशेष नृत्य तथा भाका घाटु, सालैजा तथा कौराहा सम्पूर्ण आगन्तुक पाहुनाहरूबीच पस्कने उनले बताए । कार्यक्रममा बुद्धिजीवि, डाक्टर, वकिल, शिक्षक, पत्रकार, व्यापारी तथा अन्य पेशासँग सम्बद्ध व्यक्तिहरुसँग मगरहरुको भाषा, भेषभूषा तथा चाडपर्वको विषयमा अन्तरक्रिया कार्यक्रम पनि गरिने उनले बताए ।

नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दल बहादुर विरकट्टाले प्रकृतिप्रेमी जातीका रुपमा पहिचान बनाएको भन्दै ऋतु परिवर्तनसंग जोडिएको पर्व भएको बताए ।

संघका सचिव राधिका श्रीषले लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री माननीय वीर बहादुर राना मगरबाट पौष २९ गते औपचारिक कार्यक्रम गरि शुभारम्भ गरिने बताईन ।

नेपाल मगर महिला संघ मगर समुदायको सशक्तिकरण र पैरवीका साथै जातिगत सीप, कला, संस्कृति र परमपराको संरक्षण र प्रवद्र्धन गर्ने खालका विभिन्न रचनात्मक कार्यहरु सञ्चालन गर्दै आइरहेको उनको दाबी छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : ४५ बजे

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा

कृष्णभीरमा पुरै सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा