१४ भदौ २०८३, आइतबार | August 30, 2026

मगर समुदायको पितृपूजा सम्पन्न



बुटवल । बुटवलको दीपनगर स्थित बाजेबजै स्थानमा मगर समुदायले आफ्ना पितृहरूको पूजा सम्पन्न गरेका छन् । नेपाल मगर संघ बुटवल उपमहानगर समितिको अगुवाइमा यस वर्षको पितृ पूजा गरिएको हो ।

पितृ पूजाको अवसरमा आयोजित विशेष समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मगर समुदाय सांस्कृतिक र भाषिक रूपमा समृद्ध समुदाय रहेको बताउँदै यसलाई संरक्षण र प्रवद्र्धन आवश्यक रहेको बताए । सो अवसरमा उनले मगर समुदायको भाषा संरक्षणको लागि बुटवल उपमहानगरले मगर भाषामा नागरिक वडापत्र राखेर सुरुवात गरेको समेत बताए ।

बुटवलमा बसोबास रहेका हरेक समुदायको भाषा र संस्कार, संस्कृतिलाई बचाउन नगरपालिकाले कन्जुस्याई नगर्ने उनले प्रतिबद्धता जनाए । नगर प्रमुख पाण्डेयले मगर समुदाय सांस्कृतिक र भाषिक रुपमा समृद्ध समुदाय रहेको बताउँदै यसलाई संरक्षण र प्रवर्द्धनका लागि आवश्यक रहेकोमा र आफ्नो सस्कार सस्कृति रिती रिवाज आफ्ना छोराछोरीलाई पनि सिकाउनु पर्नेमा जोड दिए।

नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरे मगर, नेपाल मगर संघका केन्द्रीय उपमहासचिव कमला थापामगर, नेपाल मगर संघ जिल्ला समिति रूपन्देहीका अध्यक्ष प्रेम थापामगर लगायतले बोलेका थिए । कार्यक्रम संघका बुटवल नगर उपाध्यक्ष लुम बहादुर सारु, सचिव हेमन्त बुढाथोकी लगायतले बोलेका थिए । मगर समुदायले हरेक वर्ष मंसिर अन्तिम शुक्ल पूर्णिमाको दिन मगरहरूले आफ्ना पितृहरूको स्मरण गर्दै बाजेबजैलाई पूजाआजा गर्ने प्रचलन रहेको छ ।

कार्यक्रममा मगर संस्कृति झल्कने नृत्यहरु प्रदर्शन गरिनुका साथै खेलाडीलाइ सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : २१ बजे

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा

कृष्णभीरमा पुरै सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा