१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

एन आई सी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी



काठमाडौ । एन आई सी एशिया बैंकले ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत  १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

काठमाडौंको तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका केदार कुमार उदासलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको हो ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुेन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ ।

यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत पाउन सकिनेछ ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ३९५ जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको २ करोड ४८ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।
यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ६ : २१ बजे

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा

चौतर्फी विरोधपछि गिरफ्तार पत्रकारलाई रिहा गर्न सरकार बाध्य, विश्वमणि सुवेदी रिहा

काठमाडौं । नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ परेका पत्रकार विश्वमणि