१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

चौतर्फी विरोधपछि गिरफ्तार पत्रकारलाई रिहा गर्न सरकार बाध्य, विश्वमणि सुवेदी रिहा



काठमाडौं । नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ परेका पत्रकार विश्वमणि सुवेदी साढे तीन घण्टापछि रिहा भएका छन्। शुक्रबार साँझ पक्राउ परेका उनलाई साइबर ब्युरोले केहीबेरअघि रिहा गरेको हो।

नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खुलाउन दबाब दिँदै प्रहरीले सुवेदीलाई नियन्त्रणमा लिएको थियो। उनलाई पक्राउ गरेपछि नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई समेत ब्युरोमा बोलाएर सोधपुछ गरिएको थियो।

प्रधानसम्पादक पौडेलले प्रकाशित समाचारको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका थिए । नयाँ पत्रिका दैनिकमा पुगेका सादा पोशाकका प्रहरीहरु पनि समाचारकक्षबाट बाहिरिएका छन् ।

यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरेर कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

संचार संस्थाहरुमा प्रहरीको धरपकड र पक्राउ प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै विभिन्न क्षेत्रबाट व्यापक विरोध भएको थियो।

प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, महासंघका उपत्यका प्रतिष्ठान र काठमाडौं शाखाले घटनाप्रति आपत्ति जनाउँदै पत्रकारलाई तत्काल रिहा गर्न माग गरेका थिए।

त्यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल बार एसोसिएसन तथा जेनजी अभियन्ताहरूले समेत सञ्चार संस्थाको कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने र धम्की दिने कार्यको विरोध गरेका थिए।

उनीहरूले समाचार लेखेकै आधारमा पत्रकारमाथि प्रहरी परिचालन गर्नु संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

पत्रकारमाथिको धरपकडको घटनाले प्रेस स्वतन्त्रता, समाचारको स्रोतको गोपनीयता र सञ्चारमाध्यमको व्यावसायिक सुरक्षासम्बन्धी बहससमेत चर्काएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ८ : २४ बजे

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा

चौतर्फी विरोधपछि गिरफ्तार पत्रकारलाई रिहा गर्न सरकार बाध्य, विश्वमणि सुवेदी रिहा

काठमाडौं । नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ परेका पत्रकार विश्वमणि

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा