१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कञ्चनपुरको गड्डाचौकीको जुवा अड्डामा प्रहरीको छापा, २ लाख रकम सहित ७ जुवाडे पक्राउ



महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० स्थित एउटा जुवा अड्डामा छापामारेर प्रहरीले २ लाख बढी रकम र ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

नगरपालिकाको गड्डाचौकी नजिकै संचालनमा रहेको करण वार एण्ड रेष्टुरेन्टबाट प्रहरीले वार संचालक भुवन भण्डारी सहित ७ जना जुवाडेलाई पक्राउ गरेको हो । उनहरुबाट १ गड्डी तास्, २ लाख १ हजार ९०५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पक्राउ परेका जुवाडेहरुमा वार सञ्चालक भुवन भण्डारी, स्थानीय दिपक राज जोशी, भिम शाही, बिनोद सिह, तेज बहादुर चन्द, महेश सिह थापा र पंकज पन्त रहेका छन् ।

भण्डारीले सञ्चालन गरिरहेका रेष्टुरेन्ट भित्र जुवातास खेल्ने खेदाउने काम भईरहेको सुचनाका आधारमा छापामार्दा तास खेलिरहेकै अवस्थामा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक अमरबहादुर थापाले बताए । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न
नहुने कसुर अन्तर्गत अनुसन्धान गरि मुद्दा चलाईने डीएसपी थापाले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ९ : ४१ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो