१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बुटवल उद्योग बाणिज्य संघको निर्वाचनको मतगणना जारी, अध्यक्षमा उज्वल कसजुको अग्रता



बुटवल । बुटवल उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना सुरु भएको छ । ८ः३० बजेबाट सुरु भएको मतगणना प्रक्रियाको प्रारम्भिक मत परिणाम अनुसार अध्यक्ष पदमा उज्वल प्रसाद कसजुले अग्रता लिएका छन् ।

२०० मतको गणना हुँदा कसजुले ११३ मत प्राप्त गरेका छन् भने हरि अर्यालले ८७ मत प्राप्त गरेका छन् । अन्य पदको परिणाम पनि मिश्रीतरुपमा अगाडी बढेको छ । २४ औं अधिवेशनमा आगामी नेतृत्वका लागि विहिबार भएको मतदानमा कुल १ हजार १७४ मत खसेको थियो । मध्यरातीसम्म मत परिणाम सार्वजनिक गर्ने गरी निर्वाचन समितिले मत गणनालाई जारी राखेको छ ।

प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बाबुराम पाण्डेका अनुसार अध्यक्ष सहित सचिव, कोषाध्यक्ष, महिला सदस्य तथा खुल्ला सदस्य पदको लागि निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचन प्रकृयामा एकल मनोनयन भएपछि संघको वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल र महासचिवमा बिमलराज भट्टराई बिजयी भैसकेका छन् ।

एशोसियट सदस्यमा आनन्दप्रसाद ओझा , ४ जना बाणिज्य सदस्यमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्विरोध निर्वाचित भएका छन् भने ४ जना उद्योग तर्फका सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र संजय कलवार जयसवाल निर्विरोध बिजयी भएका छन् ।

संघको कोषाध्यक्षमा नविन श्रेष्ठ र भेषराज गैरे मैदानमा छन् भने सचिव पदमा बाबुराम विक, मुक्तिप्रसाद अधिकारी र सुर्यप्रसाद पराजुलीका बीच निर्वाचन हुँदैछ ।

खुल्लातर्फको ७ जना सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, गणेशचन्द्र पोखरेल, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ कुलप्रसाद, माधवप्रसाद भुसाल, मोह्मद जमिल खान, सवर मिया, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला तर्फको २ सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला वेलवासे र सुनिता शर्मा बञ्जाडेका बीच प्रतिस्पर्धा भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  १० : २१ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्