१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

यी ८ उपाय जसले पेटको बोसो सजिलै हटाउछ



एजेन्सी । मोटो हुन कसैलाई मन पर्दैन । प्रायःजसो सबै मानिस स्लिम र पातलो हुनै रुचाउँछन् । तथापी आधुनिक जीवनशैली र खानपानको लापरबाहका कारण मानिस मोटोपनको शिकार हुन्छन् । यस्तोमा आफ्नो शरीरको वजन कसरी कम गर्ने त ?

१. दिनको शुरुवातमा कागती पानी

यदि अनावश्यक रुपमा बढेको भद्दा शरीर घटाउन चाहानुहुन्छ भने हरेक दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । यसले पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न र मेटाबोलिजम दुरुस्त राख्न मद्दत गर्दछ ।

२. उसिना चामलको सेवन

यदि तपाईलाई खानामा भात नभई हुदैन भने सेतो चामलको सट्टा खैरो चामल वा उसिना चामलको भात खानुहोस् । त्यो पनि कम मात्रामा । यदि सक्नुहुन्छ भने खानामा रोटी, ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् ।

३. गुलियोबाट टाढिनुहोस

यदि मोटोपन कम होस् भन्ने चाहानामा हुनुहुन्छ भने गुलियो स्वाद वा मिठाईबाट टाढिनुहोस् । मिठाई तथा तैलीय पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् र दीर्घकालसम्म रहन्छन् ।

४. प्रशस्त पानी पिउनुहोस

मोटोपन घटाउन प्रशस्त पानी पिउनु पर्दछ । मोटोपन घटाउन यो सहज, सस्तो र सुलभ उपाय हो । पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कन्छ ।

५. काँचो लसुन खानुहोस

बिहान उठ्ने बित्तिकै खाली पेटमा काँचो लसुन खाने बानी बसाउनुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान बिहान नियमित लसुनको २/३ पोटी चपाएर कागती हालेको तातोपानीमा पिउनाले बोसो घटाउन मद्दत गर्छ ।

६. माछामासुबाट टाढा

माछा मासु जन्य मांसहारी भोजन पनि मोटोपन बढाउने कारण हुन् । यसको अत्यधिक सेवनले स्वास्थ्यसम्बन्धी बिभिन्न समस्याहरु उत्पन्न गर्छ । त्यसैले यस्ता भोजन त्याग्नुहोस् ।

७. सागसब्जी बढि खानुहोस

प्रायः मानिस भात वा रोटी धेरै खाने र तरकारी कम खाने गर्दछन् । तर खानामा प्रशस्त फल र सागसब्जी सामेल गरेमा यो माटोपन घटाउन साथै स्वास्थ्यकालागि फाइदाजनक हुन्छ । यसबाट पेट पनि भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ ।

८. मसलेदार खाना कम खानुहोस

खाना पकाउँदा मसलाको प्रयोगमा कमी ल्याएमा तौल नियन्त्रण रहन सक्छ । मसलामा पनि दालचिनी, अदुवा तथा मरिचको प्रयोग गरेमा यी मसलाका कारणले इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा कम गर्छ र स्वास्थ्यमा पनि लाभ पुर्याउँछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : ४५ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर