५ चैत्र २०८२, बिहिबार | March 19, 2026

जडीबुटी खेती मेन्था किसानको रोजाइ



कैलाली । कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ ।

धान बाली र तोरी बाली स्याहारेपछि खाली भएको जमिनमा कैलाली टीकापुर क्षेत्रका किसानले मेन्था खेती गरेर राम्रो आम्दानी लिने गरेका छन् । मेन्था खेतीबाट राम्रो आम्दानी हुनुका साथै अर्को बालीको उत्पादन बढाउन सहयोग पुग्ने भएकाले मेन्था खेती गर्ने किसान बढ्दै गएका छन् ।

गत वर्ष तोरी खेती भित्र्याएपछि खाली रहेको चार कठ्ठा जमिनमा मेन्था खेती गरेका किसान रमेश चौधरीले यस वर्ष १० कठ्ठामा खेती गर्ने तयारी थालेका छन् । “दुई बाली खेती भित्र्याएपछि खाली रहेको जमिनमा खेती गरेर राम्रो आम्दानी भयो ।

यो खेती गर्न अन्य बालीभन्दा सजिलो रहेछ”, रमेशले भने । रोग, प्रकोपको जोखिम नहुने, कम लगानीमा राम्रो आम्दानी हुने र अर्को बालीलाई फाइदा पुग्ने भएकाले मेन्था खेती विस्तार भइरहेको जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरका प्रमुख कमल बेल्बासेले बताए ।

“यो खेतीमा रोग लाग्दैन, यसमा कुनै किसिमको विषादी प्रयोग गर्न आवश्यक छैन”, बेल्बासे भन्छन्, “मेन्था खेती गाईवस्तुले पनि नोक्सान गर्दैनन् । यो खेती गरेपछि अर्को बालीका लागि मलको कामसमेत गर्छ । जडीबुटी खेती गरेमा फाइदा धेरै छन् ।”

गत वर्ष पनि यस क्षेत्रमा ३० हेक्टर जमिनमा मेन्था खेती भएको थियो । मेन्था खेतीका लागि अहिलेसम्म २६ हेक्टर जमिनका लागि एक सय ४३ किसानले साढे तीन टन मेन्थाको सकर लगिसकेको उनको भनाइ छ ।

“प्रत्येक दिन मेन्थाको सकर लिने आउने कृषक बढिरहेका छन्”, बेल्बासे भन्छन्, “माघदेखि चैतको पहिलो सातासम्म रोप्न सकिने भएकाले दैनिक किसानलाई आवश्यक पर्ने सकर दिइरहेका छौँ, यस वर्ष खेती बढ्ने अनुमान गरेका छौँ ।”

प्रतिकठ्ठा छ देखि आठ किलोग्राम सकर लाग्ने गर्दछ र यसका लागि जडीबुटी कार्यालयले किसानलाई बिनालगानी सहुलियतरूपमा मेन्थाको सकर दिने गरेको छ । यसबाट सहजरूपमा खेती गर्न सकिने र प्रशोधन तथा राम्रो आम्दानी हुने भएकाले पछिल्लो समयमा किसानले यो खेतीप्रति रुचि बढाएको उनले बताए ।

विसं २०४९ देखि पाँच प्रकारका जटीबुटी खेतीलाई विस्तार गर्दै आएकोे जडीबुटी प्रशोधन केन्द्र टीकापुरले किसानलाई अनुदान तथा राहतका कार्यमा सहयोग गरे मेन्था उत्पादन वृद्धि हुने किसानको भनाइ छ ।

“यसरी जडीबुटीमा लागेका किसानलाई स्थानीय सरकार र प्रशोधन केन्द्रले अनुदान, प्राविधिक सहयोग बढाउन आवश्यक छ”, किसान लक्ष्मी चौधरीले भनिन्, “किसानलाई सघाउने कार्यक्रम भए धेरै लाभ लिन सकिन्छ ।”

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ९ : ०० बजे

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८