२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता-२०७७ शुरु, निरज गुरुङको विजयी शुरुवात



बुटवल । चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७७ शुरु भएको छ ।

एक समारोहका बिच नगरप्रमुख शिवराज सुवेदीले प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई बल हस्तान्तरण गरि प्रतियोगिता उद्घाटनमा गर्दै नगर खेलकुद विकास गठन गरि नगरका सबै खेल गतिविधिलाई ब्यवस्थापनका काम अघि बढाएको बताए । नगरका खेलमैदानहरु स्तरोन्नती गर्ने काम गरेका छौ ।

उनले भने । नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले कोभिड-१९ को संक्रमण कम भैरहेको बेला देशमै पहिलो बुटवलमा खुल्ला प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको हौसला बढाउने काम भएको बताईन ।

नेपाल अोलम्पिक कमिटिका केन्द्रीय सदस्य दिर्घ बहादुर केसीले खेल विकासमा तीन तहकै सरकारबाट सहयोग जरुरी रहेको बताए । प्रतियोगिता आयोजना गर्न आर्थिक, भौतिक कठिनाई रहने भएको भन्दै यस क्षेत्रको प्रतिष्ठित तिलोत्तमा गोल्डकप आयोजनामा समस्या भएको दुखेसो गरे । खेलकुद आयोजनाका लागि स्थानिय सरकारको मुख्य सहयोग जरुरी रहेको बताए ।

नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले नगरभित्रका खेलकुद पुर्वाधार विकासमा लागेको बताए । कार्यक्रममा काठमाण्डौमा सम्पन्न टिम टेनिस नेपाल जुनियर प्रिमियर नेशनल प्रतियोगितामा रुपन्देहीबाट पदक जितेका निश्चल ज्ञवाली, संघर्ष फौदार, ब्रिजेश अर्याल र योगेश ज्ञवाली तथा प्रशिक्षक विकास खड्कालाई रुपन्देही जिल्ला लनटेनिस संघले नगदसहित सम्मान गरिएको छ ।

मन जयन्कर टेनिस एकेडेमीका अध्यक्ष मनोज राणाले रुपन्देही जिल्लालाई एक बकेट बल हस्तान्तरण गरेका छन । संघका अध्यक्ष संजय श्रेष्ठले खेलाडी र खेलप्रेमीहरुको सहयोगमा प्रतियोगिता निरन्तरता दिन सफल भएको बताए ।

शुक्रबार भएको पहिलो खेलमा खुल्लातर्फको पोखराका निरज गुरुङले बुटवलका दिपक अर्याललाई ६-०,६-० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैबिच अर्को खेलमा पोखराका अंकित अधिकारीले बुटवलका कृष्ण बश्याललाई ६-०,६-० ले पराजित गरेका छन । चार दिनसम्म चल्ने प्रतियोगितामा सिगलतर्फ १ सय ३ जना खेलाडी र डबल्सतर्फ १ सय ३७ खेलाडीले भाग लिएको संघका सचिव तथा खेल संयोजक गोपाल ज्ञवालीले बताए।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ११ : १२ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री