२० मंसिर २०८२, शनिबार | December 6, 2025

चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता-२०७७ शुरु, निरज गुरुङको विजयी शुरुवात



बुटवल । चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७७ शुरु भएको छ ।

एक समारोहका बिच नगरप्रमुख शिवराज सुवेदीले प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई बल हस्तान्तरण गरि प्रतियोगिता उद्घाटनमा गर्दै नगर खेलकुद विकास गठन गरि नगरका सबै खेल गतिविधिलाई ब्यवस्थापनका काम अघि बढाएको बताए । नगरका खेलमैदानहरु स्तरोन्नती गर्ने काम गरेका छौ ।

उनले भने । नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले कोभिड-१९ को संक्रमण कम भैरहेको बेला देशमै पहिलो बुटवलमा खुल्ला प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको हौसला बढाउने काम भएको बताईन ।

नेपाल अोलम्पिक कमिटिका केन्द्रीय सदस्य दिर्घ बहादुर केसीले खेल विकासमा तीन तहकै सरकारबाट सहयोग जरुरी रहेको बताए । प्रतियोगिता आयोजना गर्न आर्थिक, भौतिक कठिनाई रहने भएको भन्दै यस क्षेत्रको प्रतिष्ठित तिलोत्तमा गोल्डकप आयोजनामा समस्या भएको दुखेसो गरे । खेलकुद आयोजनाका लागि स्थानिय सरकारको मुख्य सहयोग जरुरी रहेको बताए ।

नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले नगरभित्रका खेलकुद पुर्वाधार विकासमा लागेको बताए । कार्यक्रममा काठमाण्डौमा सम्पन्न टिम टेनिस नेपाल जुनियर प्रिमियर नेशनल प्रतियोगितामा रुपन्देहीबाट पदक जितेका निश्चल ज्ञवाली, संघर्ष फौदार, ब्रिजेश अर्याल र योगेश ज्ञवाली तथा प्रशिक्षक विकास खड्कालाई रुपन्देही जिल्ला लनटेनिस संघले नगदसहित सम्मान गरिएको छ ।

मन जयन्कर टेनिस एकेडेमीका अध्यक्ष मनोज राणाले रुपन्देही जिल्लालाई एक बकेट बल हस्तान्तरण गरेका छन । संघका अध्यक्ष संजय श्रेष्ठले खेलाडी र खेलप्रेमीहरुको सहयोगमा प्रतियोगिता निरन्तरता दिन सफल भएको बताए ।

शुक्रबार भएको पहिलो खेलमा खुल्लातर्फको पोखराका निरज गुरुङले बुटवलका दिपक अर्याललाई ६-०,६-० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैबिच अर्को खेलमा पोखराका अंकित अधिकारीले बुटवलका कृष्ण बश्याललाई ६-०,६-० ले पराजित गरेका छन । चार दिनसम्म चल्ने प्रतियोगितामा सिगलतर्फ १ सय ३ जना खेलाडी र डबल्सतर्फ १ सय ३७ खेलाडीले भाग लिएको संघका सचिव तथा खेल संयोजक गोपाल ज्ञवालीले बताए।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ११ : १२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले