८ माघ २०८२, बिहिबार | January 22, 2026

आज साँझ ५ बजे प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद् बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै आज पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकमा सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको ती मन्त्रीले बताए ।

सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए । प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक ठहर गर्दै सर्वोच्च्ले १३ दिनभित्र संसद बैठक बोलाउन परमादेश जारी गरेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १२ : ३८ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका । लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको

नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा जाने तयारी

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा

प्रतिनिधि सभा निर्वाचन २०८२ : मतदान गर्नु अघि केही सवाल

काठमाडौं । जेनजी आन्दोलनको कारण समय अगावै प्रतिनिधि सभाको निर्वाचन

निर्वाचन आचारसंहिताका कारण बुटवलमा हुने कृषि मेला स्थगित

बुटवल । बुटवलमा सञ्चालन गर्न तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा

नेपाल नेदरल्याड्ससँग २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको दोस्रो