३० भदौ २०८३, मंगलबार | September 15, 2026

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै माछापुच्छ्रे बैंक, पोखराको विभिन्न स्थानमा क्युआर कोड सेवाको सुरुवात



काठमाडौ । माछापुच्छ्रे बैंकले पोखराको हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रा लि तथा सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबार देखि एकैसाथ क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले पोखराका ३ स्थानमा एकैपटक भव्य क्युआर कोड समुद्घघाटन समारोहको आयोजना गरेको हो ।

पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका का.मु निर्देशक पुस्कर सुर्खाली तथा बैंकका संचालक रोशन केसीले संयुक्त रुपमा उक्त समारोहको समुद्घघाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकका सञ्चालक विश्वप्रकाश गौतम तथा सृजना कार्कीको पनि उपस्थिती रहेको थियो ।

यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन् ।यसैगरि पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्यु आर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्नेछन् ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका का.मु निर्देशक  पुस्कर सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानी मार्फत गर्न आम उपभोक्तालाई आग्रह गरे ।

ग्राहकले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नेछन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गएको छ ।

पोखरामा सुरु गरिएको क्यु आर कोड सेवाको साथै  बैंकको क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या करिब ९००० पुगेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ५ : २३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ