१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

शहर सफा बनाउन काठमाडौं महानगर र काठमाडौं विश्वविद्यालयबीच सम्झौता



काठमाडौं । काठमाडौं शहरको सरसफाइ र स्वच्छता कायम गर्नका लागि काठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिअनुरुप कामपाले २० जनालाई छनोट गर्नुपर्ने छ । यसरी छनोटमा परेकालाई विश्वविद्यालयले ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्रोजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यावसायिक तालिम (प्रफेसनल लर्निङ कोर्स पिएलससी) उपलब्ध गराउनेछ । तालिम यही फागुन २१ गतेबाट शुरु हुनेछ । कामपाले सहभागी हुनेको नाम फागुन २० गतेभित्र पठाइसक्नु पर्नेछ ।

तालिम सञ्चालनका क्रममा थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा एक हप्ताको कक्षामा समेत सहभागी गराइनेछ । तालिम व्यवस्थापनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको संयोजकत्वमा काठमाडौं विश्वविद्यालयबाट एक जना र एआइटीबाट एक जना प्रतिनिधिसहित तीन जनाको समिति रहने छ ।

महानगरले व्यहोर्ने आर्थिक दायित्वअन्तर्गत पहिलो चरणमा सम्झौतापछि ६० प्रतिशत र तीन महिनाको प्रगति प्रतिवेदन प्राप्त भएपछि बाँकी ४० प्रतिशत रकम उपलब्ध गराउनेछ । यसरी तालिममा सहभागी भएकाले फोहर वर्गीकरण र व्यवस्थापनबारे विशेष कार्यक्रम सञ्चालन गरी सहयोग गर्ने छन् ।

कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र विश्वविद्यालयका तर्फबाट स्कूल अफ इञ्जिनीयरिङ डीन डा डम्बरबहादुर नेपालीले तालीम सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । शैक्षिक प्रतिष्ठानको ज्ञान र सीपको प्रयोग गरेर महानगरका कामलाई विशिष्टीकृत गर्ने क्रममा विश्वविद्यालयसँग सम्झौता भएको कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

“काठमाडौं महानगरसँगको सम्झौता विश्वविद्यालयका लागि महत्वपूर्ण कामको थालनी हो”, स्कूल अफ इञ्जिनीयरिङ डीन डा नेपालीले बताए । पछिल्लो समय शहरको फोहर व्यवस्थापन गर्न थप समस्या हुन थालेको भन्दै कामपाले यस किसिमको प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ११ : ४१ बजे

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

धनगढी । – (नाउपा)का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

काठमाडौं । गत फागुन २३ गते बिहान ४ः४० बजे सुलोचना