१६ असार २०८३, मंगलबार | June 30, 2026

‘ओलीको रणनीति : माधवलाई निचोर्ने, आफुलाई किचिक्क पार्ने’ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले माधव नेपाललाई निचोरेर आफुलाई किचिक्क पार्ने रणनीतिमा रहेको बताएका छन् ।

शनिबार ललितपुरको जाउलाखेलमा नेकपा सम्बद्ध शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतको स्मरण गर्दै ओलीले माधव नेपाललाई चार जिल्लामा मात्रै सीमित गर्ने र अनेत्र आफुलाई किचिक्कै पार्ने दाउमा रहेको बताएका हुन् ।
प्रचण्डले आफुले ओलीको जालझेल बुझ्न सफल भएको पनि बताए ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकताको क्रममा सबैतिर आफ्नो मात्रै बर्चस्व कायम गर्न चाहे पनि ओली सफल नभएको उनले टिप्पणी गरे । उनले भने ‘प्रचण्डलाई उपयोग गर्ने र चार जिल्लामा मात्रै नेपाल पक्षलाई अध्यक्ष र अन्य पदाधिकारी दिने र माधवलाई निमोठेर सिध्याउने र प्रचण्डलाई किचिक्क पार्छु भन्ने रणनीति थियो। उनले एक महिनापछि मात्रै आफूले ओलीको रणनीति बुझेको बताए।

पार्टी एकता पछि ओलीले आफुलाई बैठकको अध्यक्षता गर्न समेत आफूलाई नदिई दुई नम्बरमा झारेको बताए । अध्यक्षता आलोपालो गर्ने भनेको तर ओलीले एक दिन पनि नमानेको बताउँदै प्रचण्डले भने, ‘तीनवटा भोटो बढी फटाएको भनेपछि भैगो त भनेर म फकिईहालेँ । पछि त उहाँले मलाई दुई नम्बरी बनाइदिनुभयो । उहाँ एक नम्बरी, म दुई नम्बरी रे ।’

तर पार्टी एकताको बेलामा भने ओलीले एमाले हाँक्ने दोस्रो नेता कोही नभएको बताएको पनि प्रचण्डले दाबी गरे । ‘अहिले भने एमाले भनेको हामी हो भन्दै भ्रम फिँजाइदैछ । उता प्रचण्डसँग जानेहरु भनेका त माओवादी मात्रै हुन्’, उनले भने, ‘हिजो ओली नै हुन् एमाले सम्हाल्ने मान्छे तपाई नै हो भनेर मैले ल्याएको हुँ भन्थे । त्यो जालझेल त एक महिनामै देखियो ।’

अध्यक्ष प्रचण्डले आधिकारिक नेकपा आफुहरु नै भएको र वैधानिकताको पनि आफूहरुले प्रतिनिधित्व गर्ने बताए।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  २ : ३१ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज