८ बैशाख २०८१, शनिबार | April 20, 2024

चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता जारी : विभिन्न विधातर्फका १८ खेलहरु सम्पन्न



बुटवल । चौथो बुटवल खुला लनटेनिस प्रतियोगिता अन्तरगत शनिबार दोस्रो दिनको खेलमा विभिन्न विधातर्फका १८ खेलहरु सम्पन्न भएका छन । देविनगर लनटेनिस कम्प्लेक्समा शनिबारको खेलमा पुरुष सिगलतर्फ अन्तिम ८ को टुगो लागेको छ ।

सिगलतर्फ प्रनव खनालले ईभ्याक जोशीलाई ६-०, ६-०, निहाल जेबी थापाले अनिल शाहिलाई ६-२, १-६, ६-४, रितिक रानाले अनिकेत अधिकारीलाई ६-०, ६-०, निरज गुरुङले भीष्म काउचालाई ६-२, ६-०, नवीन मगरले विष्णु नेपालीलाई ४-६, ६-३, ६-२ को सेट, निशान श्रेष्ठले सौगात विकलाई ६-४, ६-३ को सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन ।

आईतबार क्वाटरफाईनल खेलमा प्रनव खनालले निहाल जेबी थापा, रितिक रानाले नवीन मगर, प्रान्जल कायस्थले निशान श्रेष्ठ, निरज गुरुङले सन्तोष खत्रीसंग प्रतिस्पर्धा गर्नेछन ।

पुरुष डबल्सतर्फ रितिक राना र नवीन मगरको जोडीले भीष्म काउचा र अन्जन थिङको जोडीलाई ६-०, ६-१ को सेट तथा प्रनव खनाल र सन्तोष खत्रीको जोडीले प्रान्जल कायस्थ र निरज श्रेष्ठको जोडीलाई ६-१, ६-३ को सेटले पराजित गर्दै फाईनल प्रवेश गरेका छन ।

शनिबार भएको वुमन्स सिगलतर्फ प्रेरणा कोईरालाले श्रेष्ठा राईलाई ६-०, ६-१ तथा सलोनी तामाङले ईशाश्री शाहलाई ६-१, ६-३ को सेटमा पराजित गरे ।

यसैगरि वुमन्स डबल्सतर्फ सलोनी तामाङ र एजा रेग्मीको जोडीले श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडी तथा मयंङ्का राणा र प्रेरणा कोईरालाको जोडीले अभिलाषा बिष्ट र ईरा राउतको जोडीसंग सेमिफाइनल खेल्नेछन ।

यसैगरि ३५ प्लसतर्फ सेमीफाईनल समिकरण पूरा भएको छ । आईतबार पहिलो सेमिफाईनलमा हेमराज ढकाल र निमा लामाको जोडीले कमल भण्डारी र राजु श्रेष्ठको जोडी तथा दोस्रो सेमिफाईनलमा अनिल सेन्चुरी र सन्जय श्रेष्ठको जोडीसंग लोक बहादुर गुरुङ र राजन पौडेलको जोडीसंग खेल्नेछ ।

हेमराज ढकाल र निमा लामाको जोडीले सोम राना र शेषमणि चौधरीको जोडीलाई ६-४, ६-४ अंक, अनिल सेन्चुरी र सन्जय श्रेष्ठको जोडीले सुर्दशन विष्ट र शिव सेढाईको जोडीलाई ६-४,६-४ को सेटमा पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएका हुन ।

यस्तै गरि ४५ प्लस डबल्सतर्फ गोपाल ज्ञवाली र अर्जुन गुरुङको जोडीले राजेन्द्र सिह भण्डारी र ठाकुर खनालको जोडीलाई ७-५, ६-२ को सेटले जितेका छन । यसैगरि गोपि बहादुर भट्टराई र धर्म बहादुर लामिछानेको जोडीले उत्तम बोगटी र अम्मत रोक्काको जोडीलाई ६-२, ६-२ सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन ।

प्रतियोगितामा सिगलतर्फ १ सय ३ जना खेलाडी र डबल्सतर्फ १ सय ३७ खेलाडीले भाग लिएका छन । प्रतियोगिता पुरुष एकलतर्फ एकल, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि ४ ईभेन्टमा, यसैगरि महिलामा एकल खुल्ला, पुरुष युगलतर्फ खुल्ला युगल, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि गरि ४ ईभेन्ट, महिला युगलतर्फ युगल खुल्ला गरि कुल १० इभेन्टमा हुने उनले बताए ।

प्रतियोगिताको पुरुष/महिला सिगल तर्फ उपाधि विजेताले नगद ४५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेताले क्रमश नगद २० हजार र १० हजार, ४५ वर्षमाथिका विजेता र उपविजेताले क्रमश १५ हजार र १० हजार तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेताले क्रमश १० हजार र ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

डबल्सतर्फको प्रतियोगिता अन्तरगत पुरुष डबल्स/महिला डबल्सको उपाधि विजेताले नगद १५ हजार, उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि डबल्सतर्फ ३५/४५/५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमश नगद १५ हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगिताको १० विधामा पुरस्कारका लागिमात्र ३ लाख ५० हजार रुपैया खर्च हुने खेल संयोजक तथा संघका सचिव गोपाल ज्ञवालीले बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ६ : ५५ बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ