२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

नेवाः गुठी खलः मकवानपुरद्धारा बागमती प्रदेशका सभामुख श्रेष्ठसहित दर्जन बढी सम्मानित



हेटौंडा । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसहित एक दर्जन बढीलाई नेवाः गुठी खलः मकवानपुरको प्रथम साधारण सभामा सम्मानित गरिएको छ ।

हेटौंडामा शनिबार भएको सभामा नेपाल र नेवार समुदायको विकास, मान, सम्मानमा योगदान पु¥याएको भन्दै सभामुख श्रेष्ठ, प्रदेश सांसद जुनेली श्रेष्ठ, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ लगायतलाई सम्मान पत्र गरिएको थियो ।

त्यस्तै, विभिन्न क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका नेवारहरूलाई प्रसंशापत्र प्रदान गरिएको कार्यक्रममा ९० बर्ष नाघेका नेवार जेष्ठ नागरिकहरूलाई खादा ओडाएर अभिनन्दन पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेवारी भाषा, संस्कृति बिशिष्ट रहेकाले संरक्षण गर्न नेवार समुदाय सचेत हुनुपर्नेमा जोड दिए । शंखधर साख्वाःको प्रतिमा बनाउन प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको भन्दै उनले निर्माणाधिन शंखधर साख्वाः पार्कलाई विसुद्ध नेवार संस्कृतिमय बनाउनुपर्ने बताए ।

कार्यक्रमका विशेष अतिथी एवं सभामुख श्रेष्ठले नेपालको अस्थित्वको लागि रञ्जना लिपि(नेवारी भाषा) र नेपाल सम्बतको महत्वपूर्ण योगदान रहेको भन्दै नेवारी भाषा, संस्कृति संरक्षण गर्न राज्य(सरकार)ले विशेष भुमिका खेल्नुपर्ने बताए । प्रदेश सांसद श्रेष्ठले नेवार समुदायको विकासका लागि आफुले भुमिका खेल्ने भन्दै शंखधर साख्वाः पार्कलाई आकर्षक बनाउनुपर्नेमा जोड दिईन् ।

कार्यक्रमका सभाध्यक्ष एवं नेवाः गुठी खलःका अध्यक्ष अनिल खड्गीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र भावी योजना प्रस्तुत गरेको कार्यक्रममा हेटौंडा १२ मा एक विगाहा चार कठ्ठामा निर्माणाधिन शंखधर साख्वाः पार्कबारे ईन्जिनियर बिन्द्रलाल श्रेष्ठले नक्सा र बिस्तृत योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेवाः साँस्कृतिक पुचः मकवानपुरका अध्यक्ष बिष्णुगोपाल महर्जन, राष्ट्रिय भूमिअधिकार मञ्च मकवानपुरका अध्यक्ष यज्ञबहादुर श्रेष्ठ, नेवारी दोलखा भाषा विज्ञ एवं पत्रकार बालकृष्ण श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन साँगामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पुनः खड्गीकै अध्यक्षतामा नयाँ समिति चयन

यसैबिच, साधारणसभाले पुनः अनिल खड्गीकै अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा विष्णुलाल श्रेष्ठ र यज्ञबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा मेनुका श्रेष्ठ, महासचिवमा देवकुमार श्रेष्ठ, सचिवमा राजेश श्रेष्ठ, कोषाध्यक्षमा रामकुमार श्रेष्ठ, सहसचिवमा अम्बिका देउला, सहकोषाध्यक्षमा शर्मिला श्रेष्ठ रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा विरेन्द्र कक्षपति, सुस्मिता बलामी, लक्ष्मी श्रेष्ठ, राजु श्रेष्ठ, विजयकुमार प्रधान, रूपकराज बज्राचाय, शोभा शाही र कृष्णबहादुर नगरकोटी रहेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ८ : ०६ बजे

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको