१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बाजुराका कुनालीबासीमा मोटर गाडी चढ्ने आशा पलायो



बाजुरा । बाजुरा जिल्ला सदरमुकाम मार्तडीदेखि कोल्टी सडक खण्डको काम तिव्ररुपमा सञ्चालन भैरहेको छ ।

मार्तडी कोल्टि सडक खण्डको ढम्कने देखी कोल्टि सम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्ने सम्मको काम सुरु भएको पुर्वधार विकास कार्यलय अछामले जनाएको छ ।

कोल्टी मार्तडी सडक खण्ड तिव्ररुपमा सञ्चालन भए पछि बाजुरा जिल्लका उत्तरी भेगका स्थानीय बासीहूको गाडी मोटर चढने सपना पुरा हुने भएको छ ।

सुदुररपश्चिम प्रदेश भौतिक पुुर्वाधार विकास मन्त्रालय अन्तर्गत पुर्वाधार विकास कार्यलय अछामले ठेक्का गरेको थियो । कार्यलयले २६ किलोमिटर कालोपत्रेका लागि ९८ करोडको टेन्डर गरेको थियो । पिएस बाँनिया निर्माण सेवाले ५० करोड १७ लाखमा ठेक्का पाएर असारमा सम्झौता गरेको पुर्वाधार विकास कार्यलय अछामका प्रमुख जंगबहादुर थापाले बताएका छन् ।

सम्झौता गरेको तीन वर्षभित्र काम सक्नुुपर्ने भएको थापाले बताए । तर सम्झौता भएको केही समय ढिला गरेर ठेक्का कम्पनीले काम सञ्चालन गरेको छ । अहिले ठेकेदारले काम तिव्ररुपमा सञ्चलन गरेको पुर्वधार विकास कार्यलय अछामका प्रमुख थापले बताए । ढम्कनेदेखि अगाडि काम भैरहेको छ ।

मार्तडी कोल्टी सडकखण्ड जम्मा ४१ किलोमिटर रहेको छ । प्रदेश सरकारको बहुबर्षीय योजनामा परेको यो सडकमा १५ किलोमिटरको काम सरु भएको छ । १५ किलोमिटर कालोपत्रेका लागि प्रदेश सरकार बाट ५८ करोड विनियोजन भएको थियो । सम्पुरक अनुदानको बजेट बाट यो आर्थिक बर्षमा संघ र प्रदेश बाट ९८ करोड ७५ लाख १२ हजार रकम विनियोजन भएको छ । यो रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको छ ।

१५ किलोमिटर काम सुरु भएर सडक चौडा बनाउने काम भइरहेको पुर्वाधार विकास कार्यलय अछामका प्रमुख जंगबहादुर थापाले बताए । मार्तडीदेखि कोल्टीसम्म ४१ किलोमिटर बुढिनन्दा नगरपालिका २ कोल्टिगाँउसम्म पुग्ने रहेको पुर्वाधार विकास कार्यलयले जनाएको छ । मार्तडी कोल्टी ४१ किलोमिटर सडक कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम विनियोजन भएको थियो । मार्तडीदेखि कोल्टिसम्म ४१ किलोमिटर कालोपत्रे गर्ने गरी यो रकम प्रदेश र संघ सरकार बाट बिनियोजन भएको पुर्वाधार कार्यलयले जनाएको छ ।

विगतमा ४१ किलोमिटरमा ३५ करोड भन्दा बढि खर्च भइसकेको थियो । तर सड्क खण्डमा गाडी तानेर यात्रुहरु यात्रा गर्न बाध्य थिए । मार्तडी–कोल्टी सडक खण्डमा खाल्डा खुल्डीका कारण जोखिम यातायात सञ्चालन हुन गरेको थियो । यो वर्षदेखि दुईलेनको सडक कटिङ्ग भइ रहेकोले अब यतायात सञ्चालन गर्न निकै सहज हुने भएको वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

२०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी–कोल्टी सड्क निर्माण भएको २० वर्षसम्म पनि पुरा हुन सकेको थिएन । यो बजेटले भने तीन वर्ष पछि सधै गाडी चल्ने हुने भएको छ ।

१६ वर्ष सम्म ३५ करोड भन्दा बढि खर्च भईसकेको भएपनि सामान्य बाटो खुल्ने काम पुरा नभएको स्थानिय बासी हरिचन्द्र पाध्यायले बताए । उनका अनुसार यो वर्ष ठेक्केदाले काम निकै तिव्ररुपमा सञ्चालन गरेको हुदा कुनाली क्षेत्रका स्थानीय बासीहरुको गाडी मोटर चढने आसा जागेको छ।

बाजुरा जिल्लाको पूर्वीउत्तरी भेगका स्थानीय बासी र छिमेकी जिल्ला हुम्ला, जुम्ला लगाएतका स्थानीयबासीको गाडी मोटर चढने सपना पुरा हुने भएकाले उनहरुले खुशी व्यक्त्त गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १२ : ४२ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना